Logo
२ जेष्ठ २०८१, बुधबार
(July 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शिल्पाका पति राज कुन्द्रालाई १४ दिन हिरासतमा राख्न अदालतको अनुमति

अभिनेत्री शिल्पा सेट्ठीका पति राज कुन्द्रालाई मुम्बईको अदालतले १४ दिन न्यायिक हिरासतमा राख्न अनुमति दिएको छ ।गत सोमबार पक्राउ परेका राज कुन्द्रालाई प्रहरी हिरासतमा राखिएको थियो ।

उनका साथै पक्राउ परेका अर्का एक व्यक्ति रायन थार्पलाई पनि १४ दिन न्यायिक हिरासतमा राख्न अनुमति दिइएको छ ।राज कुन्द्रामाथि मुम्बई प्रहरीले पोर्नोग्राफिक फिल्म बनाउने र त्यसलाई एपको माध्यमबाट मानिसहरुमा पुर्‍याउने गरेको आरोपमा पक्राउ गरेको थियो ।

मुम्बई प्रहरीका अनुसार गत फेब्रुअरीमा प्रहरीमा एक उजुरी दर्ता भएको थियो । सोही उजुरीको अनुसन्धानको क्रममा राज कुन्द्रा पक्राउ परेका हुन् ।

प्रहरीले यो मामिलामा राज कुन्द्रा सामेल रहेको पर्याप्त प्रमाण भएको दाबी गरेको छ । राज कुन्द्राले भने आफूमाथिको आरोप अस्वीकार गर्दै आएका छन् ।

 

प्रकाशित मिति: Jul 27, 2021

प्रतिक्रिया दिनुहोस्