Logo
३ जेष्ठ २०८१, बिहीबार
(July 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राज कुन्द्राको अफिसबाट प्रहरीले फेला पार्‍यो १२० अश्लिल फिल्म, दैनिक कमाई १० लाख !

पछिल्लो समय बलिउड अभिनेत्री शिल्पा शेट्टीका राज कुन्द्रा पक्राउ परेपछि अश्लिल फिल्म मामिलामा उनको विषयमा विभिन्न शंकास्पद जानकारी बाहिरिएका छन् ।

मुम्बईको अपराध शाखाले गत फेब्रअरीमा पोनोग्राफी मामिलाको भण्डाफोर गरेको थियो । प्रहरीले फेब्रअरीमा यो मामिलाको भण्डाफोर गरेपछि राज कुन्द्राले योजना बी का साथ तयार भएका थिए ।

अपराधले राजको अन्धेरीमा रहेको अफिसबाट १२० वटा अश्लिल फिल्म रिकभर गरेको छ । फेब्रअरीमा प्रहरीले यो मामिलाको पर्दाफास गरेपछि राज कुन्द्राले योजना बी अनुसार फिल्म तयार गरेका थिए ।

राजले एप्सको नाम पनि सोचेका थिए । उनले उक्त एप्सको काम पनि सुरु गरेका प्रहरीले जनाएको छ । उक्त समयमा पुराना डाटाहरु डिलिट गरिएको थियो । यो फिल्मबाट राजको ग्रुपले राम्रो आम्दानी गरिरहेको थियो त्यसैले उनीहरु यो काम जारी राख्न चाहान्थे ।

मुम्बई अपराध शाखाले अन्धेरीस्थित अफिसमा छापा मार्दासम्म फिल्महरु धेरैजसो डिलिट गरिएको थियो । तर प्रहरीले डाटा रिकभर गरेर १२० फिल्म रिकभर गरेको छ ।

मुम्बई प्रहरीको अपराध शाखाले राज पछिल्लो केही महिनायता पक्राउ परेका ११ अभियुक्तहरूको मुख्य योजनाकार भएको दाबी गरेको छ ।प्रहरीले गरेको पछिल्लो खुलासाका अनुसार राजले युवतीहरूलाई वेभ सिरिजमा खेलाउने प्रलोभन देखाएर पोनोग्राफी संलग्न गराउँथे ।

प्रहरीको एक रिपोर्टका अनुसार राजले अन्य चार एप्स चलाउने गरेको खुलेको छ । उनले एप्पल र गुगल प्ले स्टोरबाट ह्वाट्सएप हटाएपछि अन्य एप्स सेट गरेको देखिएको छ ।

पोर्न फिल्मबाट राजले दैनिक १० लाख ९भारतीय रुपियाँ० कमाउने गरेको पनि खुलासा भएको छ । प्रहरीले राजको कम्पनीमा एक दिनमा ५० हजार देखि १० लाखसम्म कमाई हुने गरेको थियो ।

प्रकाशित मिति: Jul 27, 2021

प्रतिक्रिया दिनुहोस्