Logo
१७ बैशाख २०८१, सोमबार
(June 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेत्री सन्ध्याले गरिन् कहिले कानुनी बिहे ?

नेपाली अभिनेत्री सन्ध्या केसीले कानुनी विवाह गरेकी छन् । केसीले आफुले कानुनी बिहे गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् ।

सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आभूषण ज्योती कंसकारसँग आफुले बिहे गरेको जनाकारी दिएकी हुन् । खुशी शेयर गरेपछि मात्र वास्तविक हुने भन्दै उनले बिहे सार्वजनिक गरेकी हुन् ।

आभूषणले आफुलाई प्रेम, आदर र मित्रताको पाठ सिकाएको समेत बताएकी छन् । उनले अगाडि लेखेकी छन्-‘हामीले कानुनी रुपमा एकअर्कालाई स्विकार गरेका छौं । बिहेको घोषणा गर्न पाउँदा खुशी छु ।’

उनले कानुनी बिहे कहिले गरिन् । त्यो मिति भने उल्लेख गरेकी छैनन् । बरु कोरोना परिस्थिती सामान्य भएपछि परम्परागत रुपमा बिहे गर्ने समेत बताएकी छन् । फिल्म ‘ड्रिम्स’बाट अभिनयमा प्रवेश गरेकी उनी पछिल्लो समय ‘पण्डित बाजेको लौरो’ फिल्ममा देखिएकी थिइन् ।

प्रकाशित मिति: Jun 28, 2021

प्रतिक्रिया दिनुहोस्