Logo
१९ बैशाख २०८१, बुधबार
(June 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टलब्वाई ह्याचब्याक डिजाइनमा आउदै किया सोल !

भारतमा किया मोटर्सले सोल नाममा नयाँ नाम दर्ता गरेको छ । किया सोल अन्तर्राष्ट्रिय बजारमा निकै नै लोकप्रिय छ । पेट्रोल इन्जिनका साथमा यो इलेक्ट्रिक भर्सनमा पनि उपलब्ध छ ।

भारतमा दर्ता भएसँगै किया सोल अब भारतीय बजारमा समेत आउने अनुमान गर्न थालिएको छ । भारतमा आए पछि नेपालमा समेत आउने सम्भावना बढ्छ ।

गत वर्ष सम्पन्न अटो एक्सपो २०२० मा किया सोल ईभी प्रदर्शित थियो । त्यसपछि नै सो ईभी भारतीय बजारमा आउने अनुमान गरिएको थियो ।

यद्यपि कम्पनीले यसको वारेमा आधिकारिक जानकारी केही दिएको छैन । हाल भारतीय बजारमा किया सेल्टोस, सोनेट र कार्निभल बिक्री भइरहेको छ ।

नेपाली बजारमा समेत किया सेल्टोस र सोनेट उपलब्ध छ ।कम्पनीले सन् २०२१ मा एक नयाँ मोडल समेत लन्च गर्ने योजना बनाएको छ ।

किया सोल २.० लिटर नेचुरल्ली एस्पायर्ड र १.६ लिटर टर्बो पेट्रोल इन्जिन अप्सनमा उपलब्ध छ । त्यसैगरी किया सोल ईभीले एक पटकको फुल चार्जमा ४५० किलोमिटर सम्मको दुरी पार गर्न सक्छ । नेपाल अटो

 

प्रकाशित मिति: Jun 7, 2021

प्रतिक्रिया दिनुहोस्