Logo
१७ बैशाख २०८१, सोमबार
(May 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ जेनेरेसनको केटीएम आरसी ३९० आउँदै छ, यस्तो छ विशेषता जान्नुहोस् !

बाइक निर्माता कम्पनी केटीएमले नयाँ आउने बाइक आरसी ३९० को एक तस्बिर सार्वजनिक भएको छ ।

केही समय यता नयाँ जेनेरेसन आरसी रेन्जमा थप कार्य गरिरहेको छ । कम्पनीले आगामी दिनमा बजारमा उतार्ने तयारी गरिरहेका बाइकका केही स्पाई तस्बिरहरु लगातार रुपमा भाइरल बनिरहेका छन् ।

हालै कम्पनीको यसमा बाइकको साइड प्रोफाइल कुनै कभर बिनै देख्न सकिन्छ । केटीएमले नयाँ जेनेरेसन आरसी १२५, २०० र ३९० लाई यो वर्षको अन्त्य सम्ममा अन्तर्राष्ट्रिय बजारमा ल्याउने तयारी गरिरहेको बताइएको छ ।

हाल सार्वजनिक तस्बिरका आधारमा नयाँ आरसी ३९० को वारेमा धेरै अनुमान लगाउन सकिन्छ । आरसी ३९० खासगरी केटीएम ड्युक ३९० नेकेड स्पोर्ट्स मोटरसाइकलको फेयर्ड भर्सन हो ।

तस्बिर हेर्दा यो कम्पनीको प्रोडक्सन भर्सन नै हो जस्तो लाग्छ । यसको लुक अहिलेको मोडल जस्तो सार्प र स्लिक भने देखिदैन । यसको हेडल्याम्प र फ्रन्ट भाइजर केही लामो राखिएको छ । इन्धन ट्यांकी पहिले भन्दा केही गोलो छ । त्यसैगरी फेयरिङको डिजाइन बिल्कुलै नयाँ छ ।

नयाँ जेनेरेसन मोडलमा स्प्लिट सिट डिजाइनका साथै स्प्लिट पिलियन ग्रयाब रेल छ भने एलईडी टेललाइटमा एक नयाँ डिजाइन छ । अरु कुरा यथावत छन् भने दुवै पांग्रामा डिस्क ब्रेक र ड्युअल च्यानल एबीएस पनि हुनेछ ।

बाइकमा नयाँ अपडेटको रुपमा नयाँ च्यासिस, अलोय ह्विल, ठूलो डिस्क ब्रेक, नयाँ ईसीयू, राम्रो कुलिङ सिस्टम आदि हुनेछ ।

हाल बजारमा उपलब्ध केटीएम आरसी ३९० मा ३७३.३ सीसीको लिक्विड कुल्ड, सिंगल सिलिन्डर इन्जिन छ, जसले ४३ बीएचपी पावर र ३५ एनएम टर्क जेनेरेट गर्छ ।

यो ६-स्पिड ट्रान्समिसनका साथ उपलब्ध छ र स्लिपर तथा असिस्ट क्लच स्ट्यान्डर्डको रुपमा उपलब्ध छ । यसको पावरट्रेनमा भने कुनै परिवर्तन नहुने बताइएको छ ।

हाल नेपाली बजारमा उपलब्ध केटीएम आरसी ३९० को मूल्य ८ लाख ४९ हजार ९ सय रुपैयाँ छ । अन्तर्राष्ट्रिय बजारमा लन्च भए पश्चात केही समय पछि नयाँ जेनेरेसनको बाइक नेपालमा पनि आउने सम्भावना हुन्छ । यसको प्रतिस्पर्धा टीभीएस अपाचे आरआर ३१० बाइकसँग हुनेछ । नेपाल अटो

 

प्रकाशित मिति: May 26, 2021

प्रतिक्रिया दिनुहोस्