Logo
२७ बैशाख २०८१, बिहीबार
(May 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आगामी ४ हप्तामा कोरोना संक्रमण क्रमश घट्दै जान्छ : स्वास्थ्यमन्त्री त्रिपाठी

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले आगामी ४ हप्तामा कोरोना भाइरसको संक्रमणको दर क्रमश घट्दै जाने अवस्था देखिएको बताएका छन्। साथै त्रिपाठीले स्वास्थ्य संकटकाल लगाउने विषयमा मन्त्रालय सकारात्मक रहेको बताएका छन्।

स्वास्थ्य मन्त्रालयमा आज आयोजित भर्चुअल पत्रकार सम्मेलनमा उनले संक्रमणको दरलाई हेर्दा अबको ४ हप्तामा घट्दै जाने देखिएको जानकारी दिएका हुन्।

‘अहिले देशभरमा १ लाख १५ हजारभन्दा बढी सक्रिय संक्रमित छन्’ उनले भने ‘संक्रमितको उपचारका साथै नियन्त्रणका लागि हामी लागिरहेका छौं। अहिलेको अवस्थालाई हेर्दा आगामी ४ हप्तामा संक्रमण क्रमश घट्दै जाने देखिन्छ।’

साथै उनले विज्ञहरुले जनस्वास्थ्य संकटकाल लगाउन दिएको सुझावलाई मन्त्रालयले सकारात्मक रुपमा लिएको बताएका हुन्।

मन्त्री त्रिपाठीले कोरोना नियन्त्रण, रोकथाम र व्यवस्थापनका लागि सरकारले प्राथमिकताका साथ काम गरिरहेको पनि जानकारी दिए।

उनका अनुसार सरकारले कोभिडविरुद्धको खोप खरिदका लागि विभिन्न देशसँग उच्चस्तरमा छलफल भइरहेको छ।मन्त्री त्रिपाठीले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा सहज होस् भनेर नै अध्यादेश ल्याइएको पनि जानकारी दिए। उनले अध्यादेश अनुसार काम अगाडि बढाउने पनि बताए।

प्रकाशित मिति: May 24, 2021

प्रतिक्रिया दिनुहोस्