Logo
६ जेष्ठ २०८१, आईतबार
(May 8, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दाँतको उपचार गराउन प्रधानमन्त्री प्रचण्ड वीर अस्पतालमा

२६ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दाँतको उपचार गराउन वीर अस्पताल पुगेका छन् । बुधबार दिउँसो उनले वीर अस्पतालमा दाँतको उपचार गराएका हुन् ।

प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमल्सिनाका अनुसार अस्पतालकी चिकत्सक डा रितु श्रेष्ठ नेतृत्वको टिमले प्रधानमन्त्रीको दाँतको उपचार गरेको छ ।

‘आज बिहानदेखि दात दुखिरहेपछि वीर अस्पतालमा उपचारका लागि आउनु भएको हो’, प्रधानमन्त्रीको सचिवालयको भनाइ छ ।

आजै प्रधानमन्त्री प्रचण्ड सुनकोसी मरिन डाइभर्सनको सुरुङ ब्रेक थ्रुका लागि सिन्धुली पुगेका थिए ।

प्रकाशित मिति: May 8, 2024

प्रतिक्रिया दिनुहोस्