Logo
७ जेष्ठ २०८१, सोमबार
(May 9, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आशावादी बजेट बनाउँदैछौं : अर्थमन्त्री

२७ वैशाख, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ का लागि आशावादी बजेट बनिरहेको बताएका छन् ।

बिहीबार नेपाल आर्थिक पत्रकार समाज सेजनले आयोजना गरेको प्रिबजेट छलफलमा उनले यस्तो बताएका हुन ।

बजेट निर्माणका क्रममा धेरै क्षेत्रसँग सरकारले अन्तक्रिया गरिसकेको र सो क्रममा सबैतिरबाट अर्थतन्त्र शिथिलता छ भन्ने सुनिएको बताए ।

गत वर्षभन्दा सुधारोन्मुख अवस्था रहेका कारण आशावादी रहेर बजेट बनाइरहेको उनले बताए ।

‘निजी क्षेत्रको कन्फिडेन्स घटेकोमा मनोबल उठाउने कुरालाई प्राथमिकता दिन्छौं, परिवार, सम्पत्ति र व्यवसायको सुरक्षालाई हामी प्राथमिकता दिन्छौं,’ उनले भने । यद्यपि कुनै व्यक्तिप्रति प्रश्न उठेमा त्यसको जवाफदेही स्वयम् व्यक्ति हुनु पर्ने उनले बताए ।

प्रश्न उठेकै आधारमा अपराधी बनाउने आँखाले हेर्न छोड्नु पर्ने भन्दै उनले मनोबल उठाउने कोसिस गरिने बताए ।

मनोबल उठ्न नसक्नुका कारण खोजेर सरकारले सहजीकरण गर्ने उनको भनाइ छ ।

लगानी सम्मेलनमा सरकारले कानुन संशोधन गरेको स्मरण गर्दै उनले यसमा सरकार निजी क्षेत्रसँगै रहेको बताए ।

औद्योगिक वातावरण बनाउन बजेटले भूमिका खेल्ने उनको भनाइ छ । सरकारका पनि आफ्नो सीमाहरू रहेको भन्दै यसलाई फुकाउँदै जानुपर्ने उनले बताए ।

वित्तीय नीति र मौद्रिक नीतिमा तालमेल मिलाउनु पर्ने सुझावमा आफूसहमत रहेको उनले बताए । यसपटक नीति कार्यक्रम, बजेट र मौद्रिक नीति फरक बाटोमा नजाने आश्वासन दिए ।

अर्थमन्त्री र गभर्नर टाढा बसेर प्रतिस्पर्धा गर्ने विषय नरहेको भन्दै सबैको लक्ष्य मुलुकको विकास नै रहेको बताए ।

उनले बजेट बनाउँदा ठूलो प्रेसर भोग्नु परेको भन्दै मन्त्रालयहरुले सिलिङ बढाउन दबाब दिइरहेको बताए ।

फरक-फरक धारणका बिचबाट संतोषजनक बजेट ल्याउनु पर्ने आवश्यक रहेको भन्दै उनले सुधारमा जोड दिने बताए ।

युवामा भरोसा जगाउने प्रयासमा आफ्नो जोड हुने बताए । कसैको प्रभावमा नपरी पुस्ट्याइँसहित नीतिहरू परिवर्तन गरिने उनले बताए ।

खर्च गर्न नसकिएको अवस्था सुधार गर्दै आगामी आवमा निजी क्षेत्रको स्रोत परिचालनलाई प्राथमिकता दिने बताए ।

प्रकाशित मिति: May 9, 2024

प्रतिक्रिया दिनुहोस्