Logo
२ जेष्ठ २०८१, बुधबार
(April 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हुवावे मोबाइल निर्माता कम्पनीले ल्यायो पहिलो इलेक्ट्रिक एसयूभी, जान्नुहोस् यस्ता छन् विशेषता !

मोबाइल निर्माता कम्पनी हुवावेले ल्यायो पहिलो इलेक्ट्रिक एसयूभी कार प्रदर्शन गरेको छ । हुवावेले सांघाई अटो शो २०२१ मा पहिलो इलेक्ट्रिक कार सिरिस हुवावे स्मार्ट सेलेक्सन एसएफ ५ प्रदर्शन गरेको छ ।

चीनमा मोबाइल फोन निर्माता कम्पनीले इलेक्ट्रिक कार निर्माण गर्ने चासो देखाइरहेका छन् । शाओमीले इलेक्ट्रिक कार निर्माण गर्ने घोषणा पछि हुवावे कम्पनी पनि ईभी क्षेत्रमा प्रवेश गर्ने भएको छ ।

सो इलेक्ट्रिक कार चीनको क्यालिफोर्निया इलेक्ट्रिक कार निर्माता कम्पनी सिरिसले डेभलप गरेको हो । चीनमा सो कार आगामी मे देखि बिक्री गरिनेछ ।

हुवावे एसएफ५ इलेक्ट्रिक कारमा २ इलेक्ट्रिक मोटर समावेश गरिएको छ । सो मोटरले ५५० पीएसको पावर र ८२० एनएमको टर्क जेनेरेट गर्छ । रिपोर्ट अनुसार सो बाइक फुल चार्जिङमा १००० किलोमिटरको रेन्ज प्रदान गर्छ ।

यद्यपि सो रेन्ज एक्सटेन्डको मदतले हासिल गर्न सकिन्छ । सो बाइकमा १.५ लिटर ४ सिलिन्डर इन्जिन समावेश गरिएको छ । सो कार ४. ८६ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रति घन्टाको स्पिडमा गुड्ने क्षमता रहेको छ ।

हुवावे एसएफ ५ इलेक्ट्रिक कारमा क्याबिनको ड्यासबोर्डमा २ स्क्रिन समावेश गरिएको छ । एक स्क्रिन स्टेयरिङ ह्वीलको पछाडि र दोस्रो स्क्रिन सेन्टर कन्सोलमा समावेश गरिएको छ ।

सो कारमा भ्वाइस कन्ट्रोल जस्ता फिचर पनि समावेश गरिएको छ ।

प्रकाशित मिति: Apr 25, 2021

प्रतिक्रिया दिनुहोस्