Logo
२ जेष्ठ २०८१, बुधबार
(April 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्टसहित सार्वजनिक भयो फोर्ड इभोस !

२७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सहित फोर्ड इभोस सार्वजनिक भएको छ ।

सांघाई अटो शोमा फोर्ड इभोस आकर्षक लुकमा प्रस्तुत गरिएको थियो । फोर्ड इभोस नयाँ प्लेटफर्ममा आधारित रहेको छ । सो कारको लुक सिट्रोन सी५एक्स जस्तो देखिन्छ ।

फोर्डले इभोसको साथ साथै नयाँ मोडलको डिजाइन पनि तयार पारेको छ । जसको डिजाइन चीनमा आरएन्डडी टिमले गरेका थिए ।

सो कार विशेषतः चीनको लागि तयार पारिएको हो, तर पनि युरोप र उत्तर अमेरिकामा पनि यसको बिक्री हुनेछ । सो प्रदर्शनी स्थलमा फोर्ड इक्वेटर पनि राखिएको छ ।

सो कारमा एलईडी हेडल्याम्प्स, लामो बोनट साथै आकर्षक रुफलाइन पनि देख्न सकिन्छ ।फोर्ड इभोसमा पुरानो मोडलमा भन्दा बढी फिचर समावेश गरिएको छ । साथै सीमित भर्सनमा मात्र सो कार उत्पादन गरिनेछ ।

सो कारमा कालो १९ इन्चको अलोय ह्वील र कनेक्टेड टेललाइट समावेश गरिएको छ । कारमा इन्स्ट्रयुमेन्ट कन्सोलका साथै इन्फोटेनमेन्ट सिस्टम समावेश गरिएको छ ।

कारमा भ्वाइस कमान्डको लागि कृत्रिम भर्चुअल सहायक पनि प्रदान गरिएको छ । सो कार हाइब्रिड इन्जिनको साथमा बिक्री गरिनेछ । यद्यपि कम्पनीले सो कारको पावरको बारेमा कुनै पनि जानकारी प्रष्ट पारेको छैन । नेपाल अटो

प्रकाशित मिति: Apr 22, 2021

प्रतिक्रिया दिनुहोस्