Logo
२ जेष्ठ २०८१, बुधबार
(April 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पल्सरको एनएस १२५ सीसीको बाइक सार्वजनिक, जान्नुहोस् यसका मूल्य र बिशेषता !

भारतीय बजारमा हिजो पल्सर एनएस १२५ सार्वजनिक भएको छ । पल्सर सिरिजको सबैभन्दा कम सीसी क्षमताको यो बाइकको लुक्स तथा डिजाइन यसअघिको एनएस १६० र एनएस २०० बाट प्रेरित छ ।

यससँगै एनएस सिरिजमा बजाजको संख्या तीन पुगेको छ ।यो बाइकको मूल्य भारतीय बजारमा ९३ हजार ६ सय ९० भारु निर्धारण गरिएको छ ।

जुन एनएस १६० को तुलनामा १६ हजार र १२५ पल्सरको तुलनामा २० हजार भारुले बढी हो । कम सीसी क्षमताको भएपनि यसको लुक्स तथा डिजाइन भने १६० एनएसको जस्तै देखिन्छ ।

यो बाइकमा टु भल्वयुक्त एयुकुल्ड इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर १२ एचपी र टर्क ११ एनएम रहेको छ । १२५ सीसी इन्जिनमा यति धेरै पावर र टर्क उपलब्ध गराइएका कारण बाइकको पर्फमेन्स उच्च रहने कम्पनीले बताएको छ ।

अगाडिको चक्कामा डिस्क र पछाडि ड्रम ब्रेक दिइएको यो बाइकको तौल १६० एनएसको तुलनामा ७ किलोग्राम मात्र कम छ । १२ लिटर इन्धन ट्यांकी रहेको बाइकले प्रतिलिटर इन्धन खपतमा ४० किलोमिटर बढी माइलेज दिने दाबी गरिएको छ ।

यो बाइक अबको केही दिनभित्र नेपाली बजारमा समेत उपलब्ध हुने र मूल्य २ लाख ७० हजार भन्दा बढी पर्ने अनुमान लगाउन सकिन्छ ।(नेपाल अटो)

 

प्रकाशित मिति: Apr 21, 2021

प्रतिक्रिया दिनुहोस्