Logo
३ जेष्ठ २०८१, बिहीबार
(April 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना फैलिदै गएपछि नेपालगञ्जमा आजदेखि वैशाख १५ सम्म लकडाउन

लुक्बिनी प्रदेश स्थित बाँकेको नेपालगञ्जमा बुधबार मध्यरातिबाट लकडाउन हुने भएको छ।

नेपालगञ्ज उपमहानगर क्षेत्रभरका लागि लकडाउन लगाउने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारीका अनुसार वैशाख ८ गते मध्यरातिदेखि वैशाख १५ गते मध्यरातिसम्म लकडाउन हुने जानकारी दिएका छन् ।

बाँकेमा बुधबार बिहानसम्म सक्रिय संक्रमित ७३५ पुगेको र अस्पतालहरु बिरामीले भरिएको अवस्थालाई गम्भीरतापूर्वक लिँदै लकडाउन गर्नु परेको जिल्ला प्रमुख अधिकारीले बताएका छन् ।

कोरोना संक्रमणको फैलावट तोड्न र कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउन गर्नु परेको प्रजिअले बताए।लकडाउनमा अत्यावश्यक सवारी साधनबाहेक अन्य सबै प्रकारका सेवा ९बैंक तथा वित्तिय संस्था समेत० सञ्चालनमा रोक लगाइएको छ।

अत्यावश्यक काम बाहेकको हिँड्डुलमा समेत निषेध गरिएको छ। बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमाहानगर वडा नम्बार १२ का ७० वर्षीय पुरुषको भेरी अस्पतालमा गए राति निधन भएको हो।

उनलाई चैत २९ गते संक्रमण देखिएको थियो। योसँगै बाँकेमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६५ पुगेको छ।

प्रकाशित मिति: Apr 21, 2021

प्रतिक्रिया दिनुहोस्