Logo
२६ बैशाख २०८१, बुधबार
(April 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इन्डोनेसियामा बाढीपहिरोका कारण २० जनाको मृत्यु, ५ बेपत्ता

इन्डोनेसियामा बाढी पहिरोका कारण कम्तीमा २० जनाको मृत्यु भएको छ । उक्त घटनामा परी ९ जना घाइते भएका छन् भने ५ जना अझै बेपत्ता रहेको त्यहाको सरकारी अधिकारीले जानकरी दिएका छन् ।

देशको इस्ट नुसा तेन्गारा प्रान्तमा आइतबार बिहानै बाढी पहिरो आएको राष्ट्रिय प्रकोप व्यवस्थापन कार्यालयले जनाएको छ । बाढी पहिरोका कारण दर्जनौं घरसहित भौतिक संरचनाहरुमा क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ ।

घटनामा परी घाइते भएकाहरुलाई स्थानीय अस्पतालमा उपचार गराइएको कार्यालयका प्रवक्ता राडित्य जातिद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

स्थानीय समय अनुसार बिहान १ बजेतिर यो प्राकृतिक प्रकोपको घटना भएको प्रवक्ता जातीले जानकारी दिएका छन् । यसैबीच, इन्डोनेसियाको पश्चिम जाभाको समुद्री क्षेत्रमा शनिबार साँझ एउटा माछा मार्ने डुङ्गा ठूलो पानीजहाजमा ठोक्किएर भएको दुर्घटनामा १७ जना हराइरहेका छन् ।सिन्ह्वा

प्रकाशित मिति: Apr 4, 2021

प्रतिक्रिया दिनुहोस्