Logo
२६ बैशाख २०८१, बुधबार
(December 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलिउड अभिनेता अक्षय कुमारको नयाँ फिल्मको नाम सार्वजनिक

बलिउड चर्चीत अभिनेता अक्षय कुमारको नयाँ फिल्मको नाम सार्वजनिक भएको छ।

जगन शक्तिद्वारा निर्देशित यो फिल्मको नाम ‘मिसन लायन’ राखिएको भारतीय मिडियाले जनाएको छ।’मिसन मंगल’ का निर्देशक जगन शक्तिसँग अक्षयले पहिल्यै काम गरिसकेका छन्।

भीएफएक्स प्रयोग गरिने यस फिल्ममा अक्षयको दोहोरो भूमिका रहनेछ।फिल्मको सुटिङ सन् २०२१ को चौथो महिनादेखि सुरु गर्ने बताइएको छ।

२०१९ अगस्टमा सार्वजनिक जगन शक्ति निर्देशित अक्षयको ‘मिसन मंगल’ले बक्स अफिसमा राम्रो व्यापार गर्न सफल भएको थियो। ‘मिसन लायन’साइन्सफिक्सन फिल्म हुने समाचारमा जनाइएको छ।एजेन्सी

प्रकाशित मिति: Dec 11, 2020

प्रतिक्रिया दिनुहोस्