Logo
६ जेष्ठ २०८१, आईतबार
(May 8, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनेक गरिन्छ तर सरकारलाई पूरै अवधि लगिन्छ : प्रधानमन्त्री

२६ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसरी भए पनि सरकारलाई पूरा अवधि चलाउने बताएका छन् ।

सुनकोशी मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’पछि बुधबार सिन्धुलीको सुनकोशी गाउँपालिकामा कार्यकर्ताहरूसँग प्रधानमन्त्री प्रचण्डले अनेक गरेर भए पनि सरकारलाई पूरै अवधि चलाउने बताएका हुन् ।

उनले भने, ‘अनेक गरिन्छ तर सरकारलाई पूरै अवधि लगिन्छ, दुविधा नरहोस् ।’

प्रचण्डले वर्तमान सरकार बनेपछि विकास निर्माण, शिक्षा, स्वास्थ्य आदि क्षेत्रमा युगान्तकारी काम भएको दाबी गरेका छन् ।

‘नीति कार्यक्रम र बजेटमार्फत आमनागरिकमा भरोसा स्थापित गर्ने प्रयास हुनेछ,’ उनले भने, ‘विकासको नयाँ युग सुरु हुन्छ, नीति कार्यक्रम र बजेट एक अर्काको पुरक हुनेछन् ।’

सूचना प्रविधि र कृषिलाई केन्द्रित गरेर नीति बनाइरहेको प्रधानमन्त्रीले बताए ।

‘आर्थिक अवस्था संकटमुक्त भइसकेको छैन । तर मैले नेतृत्व लिए यता धेरै सकारात्मक परिवर्तन भएका छन् । सन्तोषजनक नभए पनि प्रगति राम्रै छ,’ प्रचण्डले भने ‘लगानी सम्मेलनपछि विदेशी लगानी भित्रिंदै जाने र विकास बढ्दै जाने अवस्था बनेको छ । विदेशी मुलुकका उच्चस्तरको राजनीतिक भ्रमणले अत्यन्त राम्रो वातावरण बनेको छ ।’

 

प्रकाशित मिति: May 8, 2024

प्रतिक्रिया दिनुहोस्