Logo
२६ बैशाख २०८१, बुधबार
(December 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहापाउनुहोस् ! अभिनेत्री प्रियंकाका जीवनमा आएका यी ७ प्रेमीहरु

बलीउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडा र निक जोनासको बिवाह भएको केहि बर्ष भैसकेको छ ।

बलिउडबाट हलिउडसम्मको यात्रामा प्रियंकाको नाम धेरैजना पुरुषसँग जोडिको थियो । तर अन्तीममा उनकको अमेरिकन गायक निक जोनाससँग प्रेम सफल भयो र उनले निकसँग विवाह गरिन् ।

३५ वर्षीया प्रियंकाको प्रेममा परेका २५ वर्षीय निकले जोधपुरमा विवाह गरेका हुन् । अमेरिकन गायक निक जोनाससगँ पनि धेरैजना महिलाको नाम जोडिएका थिए ।

पूर्व प्रेमी र प्रेमिकासँग सम्बन्ध टुटेका यी दुवैको जीवनले नयाँ मोड आएको छ । प्रियंकाले र निकको करियर बराबरीमा छ । आज हामी तपाईलाई प्रिंयकाको श्रीमान निक भन्दा अगाडी उनको जीवनमा जोडिएका पुरुषहरुको बारेमा जानकारी दिन गइरहेका छो ।

1.असीम मर्चेण्ट 

नायीका प्रियंका करियरको शुरुवातमा असीमसँग जोडिएकी थिइन् । मोडलिङ गरिरहेकी प्रियंकाले जब ‘विश्व सुन्दरी’ को ताज पहिरिइन् तब उनले असीम मर्चेण्टसँग सम्बन्ध तोडिन् । प्रियंकासँग सम्बन्ध टुटेपछि असीम पीडामा परे । उनले आफ्नो र प्रियंकाबीचको घटनामा आधारित फिल्म ‘६७ डेन्जु’ बनाउने घोषणा गरेका थिए । तर काम अगाडि बढेन ।

2.अक्षय कुमार

प्रियंका र अक्षयको जोडी फिल्ममा निकै रुचाइएको थियो ।‘अन्दाज’, ‘मुझसे शादी करोगी’, ‘वक्त – रेस अगेन्स्ट टाइम’ जस्ता फिल्ममा सँगै काम गरेका प्रियंका र अक्षयको जोडी फिल्ममा निकै रुचाइएको थियो ।

विवाहित अक्षयसँग प्रियंकाको प्रेमको हल्ला चल्न थाल्यो । तर अक्षयकी श्रीमती ट्विङ्कल खन्नाले दुवैलाई टाढा रहन चेतावनी दिएपछि सम्बन्धमा टुंगीएको छ ।

2.हरमन बावेजा

फिल्म निर्माता ह्यारी बावेजाका छोरा हरमन बलिउडमा पाइला राख्दै थिए । अक्षयपछि हरमन बावेजा आए ।  फिल्म ‘लब स्टोरी २०५०’ मा करीना कपूरसँग खेल्ने भनिएतापनि करीनाले फिल्म छोडिदिइन् भने प्रियंकाले फिल्म खेलिन् । फिल्म खेल्दासम्म उनीहरुको प्रेम पनि झाङ्गिएको थियो तर जब फिल्म फ्लप भयो उनीहरुको सम्बन्ध पनि तोडिएको थियो।

4.शाहिद कपूर

उनीहरुको प्रेमको खुलासा हुनुमा ‘इनकम ट्याक्स’ का अधिकारीहरुको हात रहेको थियो । प्रियंकाको घरमा छापा मार्दा शाहिदले ढोका खोलेपछि उनीहरुको रोमान्सको चर्चा भयो ।

5.शाहरुख खान

प्रियंकाको नाम अभिनेता शारुख खानसँग पनि जोडिएको थियो ।शाहरुख आफ्नी श्रीमती गौरीलाई धेरै नै माया गर्छन् । गौरीलाई पाउनको लागि धेरै मेहेनत गरेका शाहरुखको नाम प्रियंका सिवाय कसैसँग जोडिएको छैन ।

प्रियंकासँग फिल्म गर्दा गर्दै एक अर्कालाई मन पराउँन थालेको कुरा फिल्म निर्देशक करण जोहरसम्म पुगेपछि उनले गौरीलाई साथ दिएर उनीहरुको सम्बन्धको अन्त्य गराइदिए ।

6.टोम हिडलस्टांन

एउटा विशेष पार्टीमा एक अर्काको निकै नजिक देखिएपछि प्रियंका र टोमको नम्बरपनि साटासाट भयो । प्रियंकाले मिडियामा आफू अमेरिकनसँग ‘डेट’ गरिरहेको बताएपछि हल्लाले ठूलो रुप लिएको तर केही समयमा नै सेलायो ।

7.निक जोनास

जब निकसँग प्रियंकालाई पहिलोपटक देखियो तब सबैको चासो उनीतिर नै केन्द्रित हुन पुग्यो । धेरै वटा कार्यक्रममा एक साथ देखिन थालेका यो जोडी भारत पनि गए ।

दुवैले एक अर्काको परिवारसँग भेटघाट गरे । र सम्बन्धलाई विवाहमा परिणत गर्न सफल भए ।अहिले उनिहरु सफल वैवाहिक जीवन विताइ रहेका छन् ।

उनिहरु आन्दसाथ जीवन विताएको सामाजीक सञ्जालमार्फत हामीले प्रष्ट थाहापाउन र महशुस गर्न सकिन्छ ।एजेन्सी

प्रकाशित मिति: Dec 10, 2020

प्रतिक्रिया दिनुहोस्