Logo
२५ बैशाख २०८१, मंगलबार
(August 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेत्री रजनी रातो ड्रेसमा देखिइन् हट एण्ड बोल्ड लुक्समा

निर्माता छविराज ओझाको फिल्म ‘लोफर’बाट अभिनयमा डेब्यु गरेकी रजनीले लोफर पछि लगातार केही फिल्म हात परेकी हुन् ।

अभिनेत्री रजनी केसी पछिल्लो समय सानोपर्दामा निकै ब्यस्त छिन् । तर फिल्मको असफलताले गर्दा उनी ठुलो पर्दामा जम्न भने सकिनन् ।

ठुलोपर्दामा राम्रो नफापे पनि उनलाई अहिले सानोपर्दा भने राम्रोसँग फापेको छ । सानोपर्दाका लागि उनलाई भ्याइ नभ्याई समेत रहेको छ ।

पछिल्लो समय उनी निर्देशक निर्मल शर्माले बनाउने गरेको टिभी सिरियल, बिज्ञापन चलचित्रका अलवा गजित बिष्टको निर्देशक रहेको टेलिचलचित्र ‘अचानक’मा समेत ब्यस्त रहेकी छन् ।

फिल्ममा हट एण्ड बोल्ड लुकमा प्रस्तुत हुने गरेकी रजनी सानो पर्दामा भने सिम्पल लुक्समा देखिने गरेकी छन् ।

तर पनि उनीबाट भने दर्शक निरास हुन परेको छैन किनभने बेलाबेलामा उनी सामाजिक सञ्जालमा हट एण्ड बोल्ट तस्बिर सार्वजनिक गर्दै दर्शकको प्यास मेटाउँदै आइरहेकी छन् ।

हालै पनि रजनीले सामाजिक सञ्जालमा एक रातो ड्रेसको केही तस्बिर सार्वजनिक गरेकी छन् । जसमा उनी हट एण्ड बोल्ड लुक्समा प्रस्तुत भएकी छन् ।

तस्बिरमा उनी निकै सुन्दर समेत देखिएकी छन् । तस्बिरलाई उनका फ्यानले राम्रो प्रतिक्रिया समेत दिएका छन् ।

प्रकाशित मिति: Aug 6, 2020

प्रतिक्रिया दिनुहोस्