Logo
४ असार २०८१, सोमबार
(May 5, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नम्रता श्रेष्ठ, सारूक ताम्राकारको अभिनाय रहने ‘#माया’ को मुहूर्त

ललितपुरको बुङ्मतीस्थित कार्यविनायक मन्दिरमा चलचित्र ‘ह्यासट्याग माया’ (#माया) को मुहूर्त गरिएको छ ।

राजीव गुरुङको निर्देशनमा बन्ने चलचित्रमा नम्रता श्रेष्ठ, सारूक ताम्राकार, रोय श्रेष्ठ, निकिता आचार्य, केनिपा सिंह, सुदाम सिके लगायतको अभिनय रहनेछ ।

शुक्रबार विहान सम्पूर्ण कलाकारको उपस्थितिमा मुहूर्त गरिएको हो । निर्माण समूहले शुक्रबार बिहान पूजा गर्दै चलचित्रको छायांकन आउँदो साताबाट सुरु गरिने जानकारी दिएको छ ।

निर्देशक गुरुङ चलचित्रको छायांकन काठमाडौंबाट सुरू भई पोखरा, बर्दिया हुँदै धरानमा सकिने जानकारी दिए । ‘पैतालीस दिनको सेड्युल तय गरेर छायांकन सुरु गर्दैछौं ।

थ्रिलर विधामा निर्माण हुने चलचित्रमा प्रेमकथा पनि देख्न पाइनेछ’, निर्देशक गुरुङले भने । विदेशबाट फिल्म सम्बन्धी अध्यन गरेर फर्किनु भएका गुरुङले यो कथामा काम गरेको भइसकेको छ । ‘यहिँ कथालाई लिएर दर्शकसम्म पुगौँ भन्ने लाग्यो’, निर्देशक गुरुङले भने ।

शर्मिला थापाको निर्माण रहने चलचित्रको कथा मायामै केन्द्रित रहनेछ । अभिनेत्री श्रेष्ठ यसमा शिर्ष भूमिकामा छिन् । उनले एरियल योगा इन्स्टक्टरको चरित्र निर्वाह गर्न प्रशिक्षणसमेत लिएकी थिइन् ।

‘निर्माण समूहको मेहनत र लगाव देखेर नै मैले चरित्र निर्माणमा समय खर्चिएकी हुँ। चलचित्रलाई लिएर उत्साहित छु। केही नयाँ गर्ने प्रयास गर्दैछौँ,’ अभिनेत्री श्रेष्ठले भनिन् ।

चलचित्रमा निर्देशक गुरुङ र आशुतोष श्रेष्ठको लेखन, उज्जवल जोशीको छायांकन निर्देशन, रेलिजा श्रेष्ठको कला निर्देशन, कृति जोशीको शृंगार रहनेछ । यसमा कार्यकारी निर्मातामा अनुप पौडेल, कास्टिङ निर्देशकमा अर्जुन न्यौपाने, प्रोडक्सन म्यानेजरमा अरुण रेग्मी र दीलिप पन्त रहेका छन् ।

प्रकाशित मिति: May 5, 2023

प्रतिक्रिया दिनुहोस्