Logo
१७ बैशाख २०८१, सोमबार
(June 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा एकैदिन थपियो १० हजार ६६७ जना कोरोना संक्रमित, मृत्यु हुनेको संख्या १० हजार नजिक

काठमाडौं  : भारतमा एक दिनमा १० हजार ६६७ जना कोरोना भाइरस संक्रमित भएका छन् । यद्यपी शनिबार र आइतबारको तुलनामा भारतमा संक्रमितको संख्यामा केही कमि आएको पाइएको छ ।

शनिबार एक दिनमा ११ हजार ९२९ जनामा कोरोनमा भाइरस संक्रमण देखिएको थियो भने आइतबार ११ हजार ५०० जनामा संक्रमण देखिएको थियो । सोमबार १० हजार ६६७ जनामा कोरोना भाइरस संक्रमण पाइएको छ ।

केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार मङ्गलबार बिहानसम्ममा एकैदिनमा १० हजार ६६७ जना संक्रमित भएका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण भारतमा ३८० जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको संख्या ९ हजार ९०० पुगेको छ ।

भारतमा कोरोनाभाइरसबाट संक्रमितहरुको कुल संख्या अहिले ३ लाख ४३ हजार ९१ पुगेको छ । कुल संक्रमित मध्ये १ लाख ५४ हजार १७८ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने १ लाख ८० हजार १३ जना संक्रमण मुक्त भएका छन् ।

भारतमा प्रदेश अनुसार हेर्ने हो भने सवैभन्दा धेरै महाराष्ट्र प्रदेशमा संक्रमित रहेका छन् । त्यस प्रदेशमा १ लाख १० हजार ७४४ जना संक्रमित भएका छन् ।

महाराष्ट्रमा ५० हजार ५६७ जना संक्रमित अवस्थामा नै रहेका छन् भने ५६ हजार ४९ जना उपचारपछि घर फर्किएका छन् । महाराष्ट्र कोरोना भाइरसको संक्रमणको कारण ४ हजार १२८ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरस संक्रमणको कारण दोस्रो स्थानमा रहेको तमिलनाडु प्रदेशमा ४६ हजार ५०४ जना र तेस्रो धेरै संक्रमण रहेको दिल्ली प्रदेशमा ४२ हजार ८२९ जना संक्रमित रहेका छन् ।

प्रकाशित मिति: Jun 16, 2020

प्रतिक्रिया दिनुहोस्