Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 28, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा मोदी विरुद्धको गठबन्धनमा फूट : नीतीश कुमार फेरि भाजपा गठबन्धनमा

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको पुनः सत्ता यात्रा रोक्न बनाइएको बिपक्षी दलहरुको गठबन्धनमा फूट भएको छ । उक्त गठबन्धनका ठूला नेता तथा जनता दल युनाइटेडका अध्यक्ष एवं बिहारका मुख्यमन्त्री नीती शकुमारले उक्त गठबन्धन छाडेका हुन् ।

यसअघि नितिशकुमारकै अगुवाईमा भारतीय जनता पार्टी र प्रधानमन्त्री मोदी विरुद्धको उक्त गठबन्धन बनाइएको थियो । सन् २०२४ को लोकसभा चुनावमा प्रतिपक्ष नेताका रूपमा नीतीश कुमार सहित पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीसम्मका नेताहरूले चुनौती थप्ने देखिएको थियो।

नीतीशले सत्तापल्टीसँगै प्रतिपक्ष अर्थात INDIA गठबन्धनको समीकरण पनि फेरबदल हुनसक्ने सम्भावना रहेको छ । देशव्यापी रूपमा सशक्त प्रतिपक्षको सामना नगरेको भाजपाले कम्तीमा अझै एक कार्यकाल सरकार बनाउने विश्लेषकहरूको दाबी छ ।

भारतमा सन् २०२४ मा लोकसभा र २०२५ मा बिहार विधानसभा चुनाव हुँदै छ । सन् २०१९ को लोकसभा चुनावमा बिहारले एनडीएलाई ठूलो जित दिलाएको थियो । बिहारका ४० मध्ये ३९ सिट एनडीएले जितेको थियो ।

तर नीतीश कुमारले सरकार परिवर्तन गर्ने कलामा आफू माहिर रहेको पुनः एक पटक प्रमाणित गरिदिएका छन् । नीतीश कुमारले पुनस् वर्तमान गठबन्धन तोडेर भारतीय जनता पार्टी ९भाजपा० को कित्तामा जाने तयारी गरेका हुन् ।

यसअघि २०१५ मा जनता दल युनाइटेड JDU राजद, कांग्रेस र वामपन्थी दलहरूले महागठबन्धन बनाएर भाजपाविरुद्ध चुनाव लडेका थिए । उनीहरूले सरकार बनाए पनि नीतीशले बीचमै गठबन्धन तोड्दै भाजपासँग सहकार्य गरेका थिए ।

त्यसपछि सन् २०१७ मा उनी एनडीए गठबन्धनमा गएका थिए । सन् २०१७ मा ७१ सिट भएको जदयूले भाजपासँगको तालमेलमा सन् २०२० को चुनावमा ४५ सिट जितेको थियो ।

केही दिन अघिसम्म भाजपाविरुद्ध ‘आगो’ ओकलिरहेका नीतीश भाजपाको कित्तामा पुग्नु राजदसँगको खिचातानी मात्र नभई २०२४ को संसदीय चुनावको गणितलाई समेत हेरिएको विश्लेषकहरू बताउँछन् ।

नीतीश डेढ वर्षअघि मात्र राजद, भारतीय राष्ट्रिय कंग्रेस र वाम दलहरूको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

करिब डेढ वर्ष राष्ट्रिय जनता दल (RJD) र भारतीय राष्ट्रिय कांग्रेसको समर्थनमा मुख्यमन्त्री बनेका नीतीश कुमारले फेरि भाजपासँग गठबन्धन गर्ने पक्कापक्कीजस्तै भएको छ ।

योसँगै नीतीश कुमार नवौंपल्ट बिहारको मुख्यमन्त्री बन्नेछन् । आइतबार नै पटनास्थित नयाँ सरकारका रूपमा नीतीश कुमारले शपथ ग्रहण गर्ने तयारी रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

उनी कहिले नेसनल डेमोक्रेटिक अलाएन्स (NDA) त कहिले महागठबन्धनको पल्लामा जाने गरेका छन् । बिहारमा राजद ७९ सिटसहित सबैभन्दा ठूलो दलका रूपमा रहेको छ ।

त्यस्तै भाजपा ७८ दलसहित भाजपा दोस्रो ठूलो दल हो भने नीतीश कुमारको जनता दल युनाइटेड ९जदयू० ४५ सिटसहित तेस्रो स्थानमा रहेको छ ।

२४३ सदस्यीय बिहार विधानसभामा भारतीय राष्ट्रिय कांग्रेस १९, सीपीआई एमएल १२, सीपीआई २, सीपीआई एम २ र हिन्दुस्तानी अवाम मोर्चाका ४ सांसद रहेका छन् ।

२४३ सदस्यीय बिहार विधानसभामा सरकार गठनका लागि १२२ विधायकको समर्थन आवश्यक पर्छ । नीतीश सन् २००५ यता आठ महिनामात्र मुख्यमन्त्रीको कुर्सीबाहिर रहेका छन् ।

सन् १९५१ को मार्च १ मा जन्मिएका निशित कुमार पहिलो पटक सन् २००० मा मुख्यमन्त्री बनेका थिए । छोटो समयको मुख्यमन्त्रीको कार्यकालपछि उनी अटल बिहारी बाजपेयी सरकारमा मन्त्री बने ।

रेलमन्त्रीका रूपमा उनले भारतीय रेलसेवामा चामत्कारिक सुधारु गरेका थिए । सन् २००५ मा दोस्रो पटक मुख्यमन्त्री बनेपछि नीतीशले ‘सुशासन बाबु’ का रूपमा चिनिए । विकासको मामिलामा पुछारमा रहेको बिहारमा उनले कानुनी शासन स्थापित गरे ।

सडक, पुल लगायतका संरचनाको उल्लेख्य विकास गरे र शैक्षिक क्षेत्रमा आमूल परिवर्तन ल्याए । मुख्यमन्त्रीका रूपमा उनले एक लाखभन्दा बढी शिक्षकहरू नियुक्त गरे । ७२ वर्षीय नीतीश बिहार विद्युत् बोर्डका पूर्वइन्जिनियर हुन् ।

सन् १९७० को दशकमा उनी समाजवादी नेता राममनोहर लोहिया र जयप्रकाश नारायणको आन्दोलनमा सहभागी भएका थिए । समाजवादी पार्टीको पटकपटकको विभाजन र एकीकरणपछि नीतीशले सन् २००३ मा जदयू गठन गरेका हुन् ।

प्रकाशित मिति: Jan 28, 2024

प्रतिक्रिया दिनुहोस्