Logo
६ बैशाख २०८१, बिहीबार
(February 20, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालीहरुले भारतीय सिमकार्ड पाउने

भारतका सञ्चारमन्त्री अश्विनी वैष्णवसँग भारतका लागि नेपाली राजदूत डा.शंकर प्रसाद शर्मा

 नेपालीहरुले र भारतमा पनि भारतीय सिमकार्ड पाउने भएका छन् । भारतका लागि नेपाली राजदूत डा. शंकर प्रसाद शर्माले यस्तो जानकारी दिएका हुन् ।

भारतीय सञ्चार मन्त्रालयले जारी गरेको सूचनाअनुसार अब नेपाली नागरिकहरुले,

आफ्नो राहदानी, नागरिकताको प्रमाणपत्र, मतदाता परिचय पत्र वा दूतावासले जारी गरेको परिचय पत्रको आधारमा भारतको सीमकार्ड लिन सक्ने छन् ।

यसअघि नेपाली नागरिकहरुले भारतीय सिमकार्ड पाउँदैनथे ।

भारत पुगेका नेपालीहरुले भारतीय नागरिक वा आधार कार्ड भएका नेपालीहरुको नाममा लिएको सिमकार्ड प्रयोग गर्नुपर्ने बाध्यता थियो ।

यसरी सिमकार्ड सहज रुपमा उपलब्ध हुँदैनथ्यो भने प्रयोगमा पनि जोखिम थियो ।

भारतमा चिनजान केही नहुने भ्रमणकर्ता वा काममा जाने नेपालीहरुले त्यहाँ सिमकार्ड लिन नपाउँदा ठूलो सास्ती बेहोर्नुपरेको छ ।

‘लाखौं नेपालीले भारत भ्रमण गर्छन्। विगतमा सिमकार्ड नपाउँदा धेरै समस्या परिरहेको थियो,’ राजदूत शर्माले अनलाइनखबरसँग भने ।

यो व्यवस्थाले भारत भ्रमण गर्ने नेपालीहरूलाई निकै नै सजिलो हुनेछ उनको भनाइ छ ।

यो समस्या समाधानका लागि भारतका लागि नेपाली राजदूत डा.शर्माले पहल गरेका थिए ।

‘यसअघि प्राविधिक कारणले नेपालीलाई भारतीय सीमकार्ड दिन अस्वीकार गरिएको थियो ।

हाम्रो अनुरोधपछि भारतको विदेश मन्त्रालय र सञ्चार मन्त्रालयले स्वीकार गरेको छ,’ डा.शर्माले एक्समा लेखेका छन् ।

भारतको सञ्चार मन्त्रालयले पनि सूचना जारी गरी नेपाली र भुटानी नागरिकहरुलाई भारतीय सिमकार्ड उपलब्ध गराउने निर्णय भएको जानकारी गराएको छ ।

तर त्यो सिमकार्ड भारत बसाइको अधिकतम् अवधिभन्दा बढीको हुने छैन । सो सिमकार्डको वैधता पनि एक महिनादेखि तीन महिनासम्म मात्र हुने छ ।

ती सिमकार्डबाट भारतभित्र मात्र फोन गर्न मिल्ने छ ।

प्रकाशित मिति: Feb 20, 2024

प्रतिक्रिया दिनुहोस्