Logo
१५ बैशाख २०८१, शनिबार
(January 28, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नितिश कुमार नवौं पटक लिए बिहारको मुख्यमन्त्रीको सपथ, कुशवाहा कुर्मी जातीय समीकरण

नितिश कुमारले बिहारको नवौं पटक मुख्यमन्त्रीको सपथ लिएका छन् । उनले नवौं पटक मुख्यमन्त्रीको सपथ लिएका छन् ।

जेडीयूका राष्ट्रिय अध्यक्ष समेत रहेका मुख्यमन्त्रीले आज महागठबन्धनबाट अलग भएर एनडीएमा सामेल भएको घोषणा गरेका छन्।

नितिश कुमारसँगै थप आठ मन्त्रीले सपथ लिएका छन् । उपमुख्यमन्त्रीको सपथ लिने सम्राट चौधरी र विजयकुमार सिन्हा पनि छन् ।

उपमुख्यमन्त्रीको सपथ लिनुअघि भाजपाले सम्राट चौधरीलाई विधायक दलको नेता र विजय सिन्हालाई उपनेतामा चयन गरेको थियो।

यी दुईबाहेक भाजपाका डा प्रेमकुमार, जेडीयूका विजयकुमार चौधरी, श्रवणकुमार, विजेन्द्र यादव, हाम (ह्याम) का सन्तोषकुमार सुमन र स्वतन्त्र सुमितकुमार सिंहले पनि मन्त्रीको सपथ लिएका छन् ।

बिहारको नयाँ सरकारको जातीय समीकरण
बिहारको नवगठित मन्त्रीहरूको समूहमा जातीय समीकरणमा विशेष ध्यान दिइएको छ। मुख्यमन्त्री नितिश कुमार कुर्मी जातीबाट आएका छन् भने विजयकुमार चौधरी भूमिहार र श्रवण कुमार पनि कुर्मी समुदायका छन् ।

अर्कोतर्फ स्वतन्त्र सुमित सिंह राजपुत, उपमुख्यमन्त्री सम्राट चौधरी कुशवाहा जातीबाट र विजयकुमार सिन्हा कायस्थ जातीबाट आएका छन् । सन्तोष कुमार सुमन अनुसूचित जाति वर्गका हुन्।

प्रकाशित मिति: Jan 28, 2024

प्रतिक्रिया दिनुहोस्