Logo
२५ बैशाख २०८१, मंगलबार
(April 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबी जेसिजले दुहबी नगरपालिकालाई ४० बोरा चामल हस्तान्तरण गर्यो

जदुहबी जेसिजले दुहबी नगरपालिकाको राहत कोषमा ४० बोरा चामल हस्तान्तरण गरेको छ । आज दुहबी नगर प्रमुखलाई ४० बोरा चामल हस्तान्तरण गरिएको हो ।
विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिरहेको कोभिड–१९ (कोरोना भाइरस) का लागि दुहवी नगरपालिकाले गरीरहेको कार्य प्रति ऐक्याबद्धता जनाउँदै दुहवी जेसीजलेरु ४० हजार बराबरको ४० बोरा कान्छी मन्सुली चामल दुहवी नगरपालिकाका नगर प्रमुख वेदनारायण गच्छदारलाई हरुतान्तरण गरएिको छ ।
दुहबी जेसीजकी अध्यक्ष विमला सुवेदीले तथा दुहवी जेसीजका पदाधिकारीहरुले एक मुष्ट रुपमा चामल वितरण गरेका हुन् । जेसीजकी अध्यक्ष सुवेदीले दुहवी नगरपालिकालाई कुनै पनि मानविय सहयोग तथा स्वयंम सेवकको लागि यस बेला दुहवी जेसीज तयार रहेको पनि बताए ।

प्रकाशित मिति: Apr 3, 2020

प्रतिक्रिया दिनुहोस्