Logo
१५ बैशाख २०८१, शनिबार
(February 23, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोरङमा ट्रक पल्टिँदा ३ बालबालिका च्यापिए, उद्धार प्रयास जारी

मोरङको बुढीगंगा गाउँपालिका–४ मा भारतीय नम्बर प्लेटको मालवाहक ट्रक पल्टिँदा तीन बालबालिका च्यापिएका छन् ।

मार्बल बनाउने ढुङ्गा बोकेको आर.जे. २९ जी.बी. १५६१ नम्बरको ट्रक पल्टिदा ट्रकमा लोड गरिएको मार्बलले तीन जनालाई किचेको थियो । उनीहरुको उद्धारको प्रयास जारी छ ।

ढुंगाले किचिएका बालबालिकाको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

प्रहरीले उद्धारको प्रयास गरिरहेको उनले बताए ।

प्रहरीका अनुसार मार्बलको कच्चा पदार्थ बोकेको ट्रक बुढीगंगाको जेएनजे मार्वल उद्योगमा लागि आएको थियो ।

प्रकाशित मिति: Feb 23, 2024

प्रतिक्रिया दिनुहोस्