Logo
२६ बैशाख २०८१, बुधबार
(March 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

WHO को आग्रहलाई लत्याउँदै ट्रम्प : ‘कोरोना’ केरेर ‘चाइनिज’ लेखेको तस्वीर सार्वजनिक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो लिखित भाषणको प्रतिमा रहेको ‘कोरोना’ केरेर ‘चाइनिज’ लेखेको तस्वीर सार्वजनिक भएको छ ।

यस अघि नै राष्ट्रपति ट्रम्पले कोरोना भाइरसलाई चिनियाँ भाइरस भन्दै आएका थिए ।

नश्लीय भेद हुनेगरी कोरोनालाई ‘चाइनिज भाइरस’ नभन्न विश्व स्वास्थ्य संगठनले गरेको आग्रहसमेतलाई लत्याउँदै आएका ट्रम्पले भाषणको प्रतिमै कोरोना काटेर चाइनिज लेखेको तस्वीर सार्वजनिक भएपछि उनको आलोचना चुलिएको छ ।

बिहीबार कोराना भाइरससम्बन्धी प्रेस ब्रिफिङमा ट्रम्पले लिखित नोटमा ‘कोरोना’ मेटेर ‘चाइनिज भाइरस’ लेखेको तस्वीर द वासिङटन पोस्टका फोटाग्राफर ज्याबिन बोट्सर्फडले सार्वजनिक गरिदिएका हुन् ।

प्रकाशित मिति: Mar 22, 2020

प्रतिक्रिया दिनुहोस्