Logo
२२ बैशाख २०८१, शनिबार
(March 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनमा कोरोना महामारी अब समाप्त, भेटिएन नयाँ संक्रमित

बेइजिङ : कोरोनाको सबैभन्दा बढी प्रभावित भूमि मानिएको चीनमा कोरोना भाइरसको महामारी समाप्त भएको जनाएको छ ।

राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ताले बिहीबार यस्तो घोषणा गरेका हुन् । पछिल्लो समय चीनमा कोरोना भाइरसका नयाँ संक्रमित भेटिने क्रम मन्द भएपछि यस्तो घोषणा आएको हो ।

चीनको वुहानबाट सुरु कोरोना भाइरसको संक्रमण पछिल्लो समय इटाली, कोरिया, जापान, इरान लगायत मुलुकमा फैलन थालेको छ ।

चीनकै वुहान बाहेक अन्य सहरमा भने संक्रमण फैलन पाएको छैन । यसका लागि चीन सरकारले सुरुदेखि नै उच्च सतर्कता अपनाउँदै आएको थियो ।

चिनियाँ स्वास्थ्य आयोगका प्रवक्ताको भनाइ उद्धृत गर्दै सिन्ह्वाले हालै समाचार तयार पारेको हो ।

हालसम्म एक लाख १० भन्दा बढीलाई कोरोना भाइरस संक्रमण देखिएको छ भने ३६ सय भन्दा धेरैको मृत्यु भइसकेको छ । यसमध्ये अधिकांश चिनियाँ नै छन् ।

प्रकाशित मिति: Mar 12, 2020

प्रतिक्रिया दिनुहोस्