Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 22, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनमा उच्च भयो कोरोना संक्रमण दर

नेपालको उत्तरी छिमेकी मुलुक चीनमा कोरोना संक्रमण दर उच्च बन्दै गएको छ ।चीनमा कोरोना संक्रमणका कारण पछिल्लो समय ८ जनाको मृत्यु भएको छ ।

सांघाई शहरमा मात्रै एकसाता भित्र कोरोनाबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार पछिल्लो २४ घण्टामा ओमिक्रोन भेरियन्टसँग मिल्दो संक्रमणबाट पीडित १९ हजार ३ सय फेला परेका छन् ।

चीनमा गत मार्चदेखि संक्रमण दर उच्च बन्दै गएको छ । जसमा अधिकांश सांघाई शहरका रहेका छन् । सांघाई शहरमा कोरोना नियन्त्रणका लागि गत महिना जारी गरिएको लकडाउन कायमै रहेको छ ।

कोरोना संक्रमितहरुमा उच्च ज्वरो आउने र रुघाखोकी लाग्ने जस्ता लक्षण देखा परेको चीनका अधिकारीहरुले बताएका छन् ।

प्रकाशित मिति: Apr 22, 2022

प्रतिक्रिया दिनुहोस्