Logo
१५ चैत्र २०८०, बिहीबार
(December 13, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारत र चीनका सेनाबीच झडप : चीनको दुस्साहस बढेको विपक्षीको आरोप

भारत र चीनका सेनाबीच झडप भएको छ ।  भारत स्थित अरुणाञ्चल प्रदेशको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भारतीय र चिनियाँ सेनाबीचको पछिल्लो झडपको विषयलाई भारतको तल्लो सदन लोकसभामाको बैठकमा विपक्षीहरुले मुख्य मुद्दाका रूपमा उठाउने तयारी गरेको भारतीय समाचार संस्था एनडीटीभीले जनाएको छ ।

डिसेम्बर ९ मा भएको झडपमा दुबै पक्षका सेना घाइते भएका सेनाले बताएको छ ।  डिसेम्बर ९ को मुठभेडले “दुवै पक्षका केही कर्मचारीलाई सामान्य चोटपटक“ निम्त्यायो र दुबै पक्ष ‘तत्काल क्षेत्रबाट अलग भए’, सेनाको एक विज्ञप्तिमा भनिएको छ। विवरण सार्वजनिक भएसँगै कांग्रेसले सरकारले संसदमा छलफल गरेर राष्ट्रलाई विश्वासमा लिनुपर्ने भन्दै केन्द्रको आलोचना गरेको थियो ।

झडपबारे रक्षामन्त्री राजनाथ सिंहले सदनमा बयान दिने कि नदिने भन्ने विषयमा छलफल हुने जनाइएको छ । केन्द्र ‘कहिल्यै पनि कुनै पनि छलफलबाट विचलित नभएको र तथ्यहरूसँग तयार’ रहेको सरकारी स्रोतहरूलाई उद्धृत गर्दै उक्त समाचार संस्थाले अगाडि लेखेकोे छ । सीमा विवादलाई ‘दबाउने’ नरेन्द्र मोदी सरकारको प्रवृत्तिले चीनको दुस्साहसलाई उक्साएको कंग्रेस पार्टीले आरोप लगाएको छ ।

प्रकाशित मिति: Dec 13, 2022

प्रतिक्रिया दिनुहोस्