Logo
१३ बैशाख २०८१, बिहीबार
(April 3, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनमा एकैदिन १३ हजारभन्दा बढी कोरोना सङ्क्रमित, अहिलेसम्मकै उच्च

उत्तरी छिमेकी मुलुक चीनमा एकै दिन १३ हजार भन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा लक्षण भएका एक हजार चार सय ५५ जना र लक्षण नभएका ११ हजार ६ सय ९१ जना गरी १३ हजार एक सय ४६ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य विभागलाई उदृत गर्दै चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

दैनिक विवरण अनुसार यो संक्रमण सङ्ख्या चिनमा एकै दिन पुष्टि भएको अहिलेसम्मकै धेरै रहेको पनि चिनियाँ स्वास्थ्य विभागले जनाएको छ ।

सबैभन्दा धेरै साङ्घाईमा कोरोना फैलिएको छ भने अरु दर्जन बढी प्रान्तमा कोरोना फैलिएको छ । कोरोना फैलिएको क्षेत्रमा कडा प्रतिबन्धहरु लगाउनुको साथै परिक्षणलाई तिब्रता दिइएको छ ।

पछिल्लो २४ घण्टामा चिनमा कोरोना सङ्क्रमणको कारण कसैको पनि मृत्यु भएको छैन् । अस्पतालहरुमा सङ्क्रमितको चाप भने धेरै बढेको छ ।

चीनमा अहिलेसम्म एक लाख ५४ हजार सात सय ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकोमा चार हजार ६ सय ३८ जनाको ज्यान गएको छ ।

अहिले चिनमा २६ हजार एक सय ६७ जना सक्रिय सङ्क्रमित रहेका छन् । चिनमा ८८ प्रतिशत मानिसले कोरोना भाइरस विरुद्धको खोपको पूर्ण मात्रा लगाइसकेका छन् ।

प्रकाशित मिति: Apr 3, 2022

प्रतिक्रिया दिनुहोस्