Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 30, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनको सांघाईमा दुई वर्षयताकै सबैभन्दा कडा लकडाउन लागू

चीनको सांघाईमा कोरोनाको संक्रमण पत्ता लगाउन दुई वर्षयताकै सबैभन्दा कडा लकडाउन लागू गरिएको छ ।सांघाईले पहिलाको कोरोना महामारीमा सीमित स्थलहरूमा मात्रै लकडाउन गरिएको थियो ।

जसमा आवासीय परिसर र कार्यस्थलहरू बन्द गरिएको थियो । तर, अहिलेको लकडाउन अहिलेसम्मकै सबैभन्दा कडा गरिएको हो ।

चीनको सबैभन्दा बढी जनसङ्ख्या भएको सहर सांघाईमा सोमबारबाट दुई वर्षपछि सबैभन्दा कडा लकडाउन लागू गरिएको हो ।

लकडाउन भएको १ दिनपछि नै थप कडाइका साथ लागु गरिएको छ । चीन सरकारले मंगलबार दुई चरणको कोरोना लकडाउनको पहिलो चरणलाई थप कडाइ गरेको छ ।

हरेक दिन त्यहाँ भएकाले कोरोना परीक्षण नभएसम्म घरमै बस्न व्यक्तिलाई सरकारले आग्रह गरेको छ ।हरेक दिनको परीक्षणमा दैनिक ४ हजार ४ सयभन्दा बढी सङ्क्रमित थपिने गरेको छ ।

ह्वाङ्पुको पूर्वमा बसोबास गर्नेहरूलाई सोमबार उनीहरूलाई आवासीय परिसरमा पठाइएको छ । तर, उनीहरूलाई परिसर वरिपरि घुम्न पाउने छुट भने दिइएको थियो ।

प्रकाशित मिति: Mar 30, 2022

प्रतिक्रिया दिनुहोस्