Logo
२ जेष्ठ २०८१, बुधबार
(March 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वीर अस्पतालकै फार्मेसीले मास्क लुकाएको खुलासा

कोरोनाबाट बच्न भन्दै अहिले मास्क लगाउनेहरु ह्वात्तै बढेको छ। कतिसम्म भने बजारमा समेत मास्कको अभाव हुन थालेको छ।  तर, मुलुककै जेठो वीर अस्पतालमा रहेको फार्मेसीले पनि मास्कको कृत्रिम अभाव सृजना गरेर महँगो मूल्यमा बेचिरहेको खुलेको छ।

वीर अस्पतालमा रहेको आयूष फार्मेसीले मास्क, सेनिटाइजरसहित औषधिजन्य सामग्री लुकाएर कृत्रिम अभाव सिर्जना गरेको पाइएको हो। आयूषालाई २ लाख जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिए।

विभागले क्षेत्रपाटीमा रहेको आइज्याक हस्पिटेक सपोर्टलाई २ लाख, क्षेत्रपाटीमै रहेको एसजे मेडिको सर्जिकललाई २० हजार र आरएफ फार्मेसीलाई १० हजार रुपैयाँजरिवाना गरेको छ। ती फार्मेसीमा सामान किनबेच गरेबापतको बिल नभएकोले कारबाही गरिएको हो। कोरोना भाइरसका कारण अहिले विश्व नै आतंकित छ।

पहिलो पटक चीनमा देखिएको यो भाइरसको संक्रमण विश्वका ६० मुलुकमा देखा परिसकेको विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० को तथ्यांक छ। ३ हजारभन्दा बढीको ज्यान गइसकेको छ।

प्रकाशित मिति: Mar 6, 2020

प्रतिक्रिया दिनुहोस्