Logo
२ जेष्ठ २०८१, बुधबार
(December 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिसोबाट जोगिन तापेको आगोमा जलेर एकको मृत्यृ, एक गम्भीर घाइते

सर्लाही – चिसोबाट बच्नका लागि बालिएको आगोले जलेर सर्लाहीमा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

बरहथवा नगरपालिका-१७ निवासी रामचन्द्र साहकी ४० वर्षीया श्रीमती राजमतीदेवीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चिसोबाट बच्न आफ्नै घरको आँगनमा बालिएको आगो ताप्ने क्रममा बुधबार बेलुका अचानक आगो लाग्दा उनी पूरै शरीर जलेर गम्भीर घाइते भएकी थिइन् । घाइते साहको उपचारका क्रममा बुधबार राति जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै चिसोबाट बच्न घर अगाडि बालिएको आगो ताप्ने क्रममा साडीमा आगो लाग्दा विष्णु गाउँपालिका-१ बेल्वामा एक महिला गम्भीर घाइते भएकी छन् । बुधबार राति ९ बजे आगो लाग्दा राजन पासवानकी श्रीमती २५ वर्षीया सरस्वती गम्भीर घाइते भएकी हुन् ।

आगोबाट पासवानको घुँडादेखि पेटसम्म जलेको छ । उनको उपचार अहिले जिल्ला अस्पताल मलङ्गवामा भइरहेको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिए ।

प्रकाशित मिति: Dec 26, 2019

प्रतिक्रिया दिनुहोस्