Logo
३ जेष्ठ २०८१, बिहीबार
(December 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज संसारभरमै नयाँ परिवर्तन : सूर्य ग्रहण लाग्नुको कारण के हो ?

सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आएर पृथ्वीमा पर्ने सूर्यको प्रकाशलाई पूर्ण वा आंशिक रूपमा छेकेमा अर्थात् चन्द्रमाको छाया पृथ्वीमा पर्न गएमा छाया परेको स्थानमा सूर्यग्रहण लाग्ने वैज्ञानिकको भनाइ छ।

सूर्यग्रहण खग्रास, खण्डग्रास वा बलयाकारको हुन्छ। बिहीबार लाग्ने सूर्यग्रहण बलयाकार हो। ‘पृथ्वीको एक स्थानमा खग्रास सूर्यग्रहण लागेपछि साधारणतया उक्त स्थानमा पुनः ३७५ वर्ष पछिमात्र लाग्दछ’, विज्ञान संग्राहलयका निमित्त कार्यकारी निर्देशक डा। सनतकुमार शर्माले भने।

वैज्ञानिकहरुका अनुसार सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा चन्द्रमाले सूर्यबाट आएको प्रकाश छेक्दा पृथ्वीमा छाया पर्छ। ‘सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा चन्द्रमाले सूर्यबाट आएको प्रकाशलाई छेक्दा यसको छाया पृथ्वीमा पर्न गई सूर्यग्रहण हुन जान्छ’, डा। शर्मा भन्छन्, ‘सूर्यग्रहण केवल चन्द्रमाको ‘यून मून’ फेजमा मात्र लाग्न सम्भव हुन्छ। खण्डग्रास, खग्रास तथा वलयाकार सूर्यग्रहण विभिन्न खगोलीय अवस्थामा निर्भर गर्दछ।’अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रकाशित मिति: Dec 26, 2019

प्रतिक्रिया दिनुहोस्