Logo
२६ बैशाख २०८१, बुधबार
(December 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रियंका–निकले विवाह स्थलका लागि खर्च गरे तीन करोडः पूरा प्यालेस चार दिनसम्म बुक

इन्डियन होटल्स कम्पनी लिमिटेडका मुख्य कार्यकारी अधिकारी एवं प्रबन्ध निर्देशक पुनित चटवालले प्रियंका चोपडा र निक जोनसको विवाहको विषयमा अचम्मित गरिदिने खुलासा गरेका छन् । पुनितले उमेद भवनमा भएको यो सेलिब्रिटी जोडीको विवाहमा आफूहरुले तीन महिनाको आम्दानी गरेको बताएका छन् । स्मरण रहोस्, विवाहको क्रममा पूरा प्यालेस चार दिनका लागि बुक गरिएको थियो । यी चार दिनमा कुनै पनि बाहिरी व्यक्तिको प्रवेशमा रोक लगाइएको थियो ।

उक्त कार्यक्रममा पुनितले कार्यक्रम स्थलका लागि मात्रै प्रियंका–निकले तीन करोड बढी खर्च गरेको बताए । उनले भने, ‘यसरी हेर्ने हो भने हामीले यति आम्दानी गर्यौं कि हामी तीन महिनासम्म आरामले काम गर्न सक्छौं ।’

स्मरण रहोस्, यो जोडीले गत वर्ष डिसेम्बर २ मा विवाह गरेका थिए । यी दुई सेलिब्रिटीको विवाहले अन्तर्रा्ष्ट्रिय स्तरमा पनि निकै चर्चा बटुलेको थियो ।

 

प्रियंका चोपडा र निक जोनस संगीतत कार्यक्रमबाट प्रेरित भएर सिरिज बनाउने तयारीमा छन् । उनीहरुको यो प्रोजेक्टलाई अमेजन प्राइम भिडियोले हरियो झण्डा देखाएको छ । नायिकाले यो कुराको घोषणा इन्स्टाग्राममार्फत् गरेकी थिइन् ।

 

उनले एक अंग्रेजी वेबसाइटको स्क्रिन सट सेयर गर्दै लेखेकी छिन्, ‘हाम्रो विवाहको संगीतमा दुई परिवारले संयुक्त प्रस्तुती दिएको थियो । एउटा यस्तो प्रस्तुती जसले हाम्रो प्रेम कहानी दर्साउँछ । हामीले जीवनभरी नबिर्सिने एक विशेष पल ।’

प्रकाशित मिति: Dec 19, 2019

प्रतिक्रिया दिनुहोस्