Logo
१७ बैशाख २०८१, सोमबार
(July 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्तो रहेछ अक्षयले प्रियंकासँग फिल्ल्म नखेल्नुको कारण

बलिउड अभिनेता अक्षय कुमारले फिल्ममा गरेका फरक–फरक अभिनयका कारण लोकप्रिय कलाकार हुन् ।  उनी फिल्ममा निभाएका भूमिकाले मात्रै होइन विभिन्न समयमा विभिन्न अभिनेत्रीसँग चलेको प्रेमको हल्लाले पनि उनी निकै चर्चामा आएका थिए ।

उनले ट्विंकल खन्नासँग बिहे गरे । बिहे पछि पनि उनको केहि अभिनेत्रीसँग नाम जोडियो । यसैक्रममा अक्षय र प्रियंकाको अफेयर फिल्मको शुटिङमा सुरु भएको भन्ने समाचारले धेरैलाई आश्चर्यमा पारेको थियो ।

सन् २००३ मा अक्षय र प्रियंका सँगसँगै फिल्म ‘अन्दाज’ मा काम गरिरहेका थिए । प्रियंकाले अक्षयलाई फिल्ममा आउनुभन्दा अघि नै मन पराउँथिन् । त्यसपछि फिल्ममा आएपछि उनी अक्षयसँग नजिकिन थालिन् । उनीहरुको ‘अनस्क्रिन’ मा मात्र होइन ‘अफस्क्रिन’ मा पनि रोमान्स गर्न थाले

विस्तारै-विस्तारै दुवैको अफेयरको हल्ला मिडियामा पनि छाउन थाल्यो । उनीहरुको अफेयरको हल्ला ट्विंलसम्म पनि पुगेपछि उनी अक्षय भएको ठाउँमा नै आइन् । गोवामा प्रियंकासँग अर्को फिल्म ‘मुझसे शादी करोगी’ को शुटिङमा थिए । सेटमा नै ट्विंकल र अक्षयवीच झगडा सुरु भयो र उनले अक्षयलाई थप्पड लगाइन् ।

र, त्यसपछि अक्षयले उनलाई लिएर त्यहाँबाट गए । भविष्यमा प्रियंकासँग कुने पनि फिल्म नखेल्ने निधो गरे ।

प्रकाशित मिति: Jul 28, 2019

प्रतिक्रिया दिनुहोस्