Logo
१२ श्रावण २०८१, शनिबार
(July 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कान चिलाउने समस्याबाट राहत पाउन अपनाउनुहोस् यस्ता घरेलु उपाय

सामान्यता हामीले कान चिलायो भनेसी वास्ता नगरी बस्छौँ । कान चिलाउन हातका औँला कि त कानभित्र सिन्का, सिसाकलम, कनकर्नुजस्ता तीखा वस्तुले कोट्टयाउँछौँ ।

तर अझै पनि सञ्चो भएन, बारम्बार कान चिलाइरहेको छ भने विशेष ध्यान दिन जरुरी हुन्छ । कानको भित्री भाग बारम्बार चिलाउँछ भनेचाहिँ हेलचेक्र्याइँ गर्नुहुन्न । लगातार कान चिलाउँछ भने तपाईंको कानमा इन्फेक्सन भएको हुन सक्छ ।

अझ त्यसमाथि कानभित्र यस्ता तीखा वस्तुको प्रयोग गर्नाले घातक हुन सक्ने हुँदा कानभित्र जे पायो त्यही घुसार्ने बानी छ भने सावधान रहनुस् । चिलाइ मार्न कानभित्र औँला घुसार्दा उल्टै इन्फेक्सन बढ्ने खतरा हुन्छ ।

सबैभन्दा पहिले आखिर कान किन चिलाउँछ, त्यसमा ध्यान दिन जरुरी छ । कान मानव शरीरको निकै संवेदनशील अंग हो । छालामा हुने सुक्खापन र खानपानको गडबडीले पनि कान चिलाउन सक्छ ।

यस्तो अवस्थामा उपचारको घरेलु उपाय अपनाउनु फलदायी हुन्छ । निम्न छन् कान चिलाउनबाट राहत पाउने केही घरेलु उपाय :

एलोभेरा :  एलोभेरा (घ्यु कुमारी) बहुगुणयुक्त घरेलु औषधि हो । यसको १- २ थोपा रस कानको भित्री भागसम्म पुग्ने गरी राख्नाले कान चिलाउने र इन्फेक्सन हुने समस्याबाट बच्न सकिन्छ । एलोभेरामा हुने एन्टी-इन्फेमेन्टरी गुणले कानको समस्या निदान गर्न र छालाको सुक्खापन हटाउन सहयोग गर्छ ।

तेल :  अक्सर हामी तोरीको तेल कानमा राख्छौँ । तर, तोरीको सट्टा नरिवल वा एलोभेराको तेल प्रयोग गर्दा कानको समस्या हटाउन मद्दत पुग्छ ।

लशुन :  लशुन हाम्रो भान्सामा सजिलै पाइने खाद्यवस्तु हो । यसका सयौँ गुण छन् । लशुनमा एन्टिबायोटिक गुण पनि हुन्छ । जैतुन र तिलको तेलमा एक केस्रा लसुन फुराई कानको बाहिरी भागमा लगाउनाले कानलाई इन्फेक्नबाट बचाउन सकिन्छ ।

प्रकाशित मिति: Jul 24, 2019

प्रतिक्रिया दिनुहोस्