Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 25, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुरुषभन्दा महिला धेरै धोखेबाज : अध्ययन रिपोर्ट

बेलायतमा विवाहेत्तर सम्बन्धमा पुरुष र महिलाको प्रवृत्तिबारे एउटा अध्ययन गरिएको थियो । सर्वेक्षणका अनुसार एक तिहाइ पुरुषले आफू विवाहित भएर पनि बाहिर प्रेम सम्बन्ध राख्दै हिँडेका थिए ।

प्रेम सम्बन्ध नराख्ने अधिकांश पनि मौकाको खोजीमा रहेको पाइएको थियो । तर पुरुषको तुलनामा १० प्रतिशत महिला मात्रै विवाहेत्तर सम्बन्धमा रहेको पाइयो । अध्ययनमा सहभागी अधिकांश महिलाले वैवाहिक सम्बन्ध बाहेक अरू सम्बन्ध राख्ने इच्छा अस्वीकार गरेका थिए ।

१० प्रतिशत पुरुष पार्टनर साटासाट गर्न तयार : 
४ सय जना विवाहितमाझ गरिएको यो अध्ययनको नतिजा अचम्मित पार्ने खालको छ । अध्ययनमा सहभागी भएका १० प्रतिशत पुरुष शौकको रूपमा कहिलेकाहीँ आफ्नो पार्टनर साटासाट गर्न समेत तैयार देखिए ।

विवाहित महिलामा आफ्नो पार्टनरप्रति समर्पणको भाव पुरुषभन्दा धेरै देखिएको थियो । महिलामा यस्तो आँकडा ५ प्रतिशतभन्दा कम थियो । बेलायतमा बहुविवाह अर्थात् एक भन्दा धेरै जनासँग विवाह गर्नु अवैध छ ।

महिला र पुरुषको मायामा अन्तर
फिल्म वा कथा कहानीमा पुरुषको तुलनामा महिलालाई बढी धोखेबाज देखाइन्छ । फिल्म भन्दा त अध्ययन अनुसन्धानको नतिजा भरपर्दो हुन्छ होला नि होइन ?

तर यस्तो किन भइरहेछ ? पुरुषहरू महिलाको तुलनामा किन धेरै विवाहेत्तर सम्बन्ध बनाउँदै हिँडिरहेका छन् ? उनीहरू एउटै पार्टनरप्रति समर्पित भएर किन बस्न चाहँदैनन् ?

यसको पछाडि कतै न कतै पुरुष र महिलाको मनोविज्ञानको अन्तर कारण हुन सक्छ । पुरुषले यौनकै लागि माया प्रेम गर्ने अनि महिलाले मायाका लागि यौन गतिविधिमा संलग्न हुने चर्चित लेखक खुशवन्त सिंहले आफ्ना पुस्तक ‘वुमन, लभ एन्ड लष्ट’मा भनेका थिए ।

अर्थात् महिलाले मनदेखि माया गरेपछि मात्रै यौनबारे सोच्छन् । तर पुरुषको आकर्षण चाहिँ शरीरबाटै सुरु हुन्छ । कुनै पनि पुरुषसँग मनदेखि नजोडिएसम्म महिलाले शारीरिक सम्बन्ध बनाउन सक्दैनन् ।

महिलाले कुनै पुरुषलाई माया गर्न थाल्छे वा ऊसँग भावनात्मक रूपमा जोडिएको छ भने मात्रै त्यो पुरुषतर्फ आकर्षित हुन थाल्छे । कुनै सुन्दर पुरुषप्रति महिला आकर्षित हुन सक्छन्, तर मात्रै शरीरलाई हेरेर ऊसँग यौन सम्बन्ध बनाउँदिनन् ।

तर पुरुष भने पहिलो नजरमै माया, शारीरिक आकर्षणको चक्करमा धेरै पर्छन् । यो पुरुषको सहज मनोविज्ञान हो । यही शारीरिक आकर्षणका कारण उनीहरूमा एक भन्दा धेरै पार्टनर बनाउने प्रवृत्ति धेरै देखिएको हो ।

यो सबै आकर्षण मात्रै हो । यसलाई कुनै पनि अर्थमा माया वा सम्बन्ध भन्न नसकिने सिंह बताउँछन् ।

प्रकाशित मिति: Dec 25, 2023

प्रतिक्रिया दिनुहोस्