Logo
१५ बैशाख २०८१, शनिबार
(January 16, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वे रिर्पोट : मात्र १० सेकेन्डको अंकमालले हटाउँछ कयौँ बिरामी

यूएस नेशनल हेल्थ इन्टरभ्यू सर्वेका अनुसार हाँसीखुसी वैवाहिक जीवन बिताइरहेका दम्पत्ति सिंगलको तुलनामा ५८ प्रतिशत बढी बाँच्छन् ।

तनावमा हुँदा मान्छेले आफैँलाई चिन्तामा यति डुबाउँछ कि कोही-कोही त डिप्रेशनकै शिकार हुन्छन् । यस्तो समस्यासँग जुधिरहेको व्यक्तिका लागि उनको पार्टनरले बेष्ट थेरापिष्टको काम गर्न सक्छ भन्ने कुरा तपाईँलाई थाहा छ ? सुन्दा अचम्म लागे पनि यो वास्तविकता हो ।

कयौँ अनुसन्धानहरुले यो कुरालाई पुष्टि पनि गरिसकेका छन् । पार्टनरको साथले हामीलाई कयौँ खालका रोगबाट बचाउन सक्छ । यति मात्रै होइन मानसिक स्वास्थ्य सुधार्न पनि उपयोगी हुन्छ पार्टनरको साथ ।

तर यसका लागि कुराकानी भने गर्न जरुरी छ । पार्टनरसँग कुराकानी गर्नु र आ–आफ्नो चिन्ता शेयर गर्नु भनेको थेरापी जस्तै हो ।

म्याजिकल टोनिक हो पार्टनरको साथ
पार्टनरको साथले जादु गरे जस्तो काम गर्ने रिलेशनशिप काउन्सिलरहरू बताउँछन् । कुराकानीले जिन्दगीलाई बिन्दास र स्वस्थबद्र्धक बनाउँछ ।

यसरी आफ्नो पार्टनरसँग हाम्रो भावनात्मक र शारीरिक कनेक्शनले टोनिक जस्तैगरी काम गर्छ । साथले हामीलाई भावनात्मक सुरक्षा दिन्छ, एक अर्काको हात समात्ने, मायाले हेर्ने र ‘आई लभ यु’ जस्ता अभिव्यक्तिले केही सेकेन्डका लागि भएपनि सबै तनाव भाग्छ ।

तपाई विवाहित हुनु हुन्छ या रिलेशनशिपमा हुनुहुन्छ भने पार्टनरको साथले जिन्दगीमा अहम् भूमिका निर्वाह गर्छ । यो हाम्रो मानसिक स्वास्थ्यको लागि निकै जरुरी छ ।

कुरा सुन्ने
मलाई समय नै दिएन, बसेर कुराकानी गरेन भनेर प्रायः महिलाहरूले गुनासो गरिरहेका हुन्छन् । विवाहित युवतिका लागि यी सबै कुरा चिन्ताका कारण बन्छन् । यसले सम्बन्धमा पनि नकारात्मक असर पुर्‍याउँछ । हरेक सम्बन्धले समय माग्छ । यो कुरा त हामी सबैलाई थाहा छ । आफ्नो मनमा भएको कुरा अर्कोलाई बुझाउने, बताउने तरिका वार्तालाप नै हो । अधिकांश महिलाहरु इमोशनल हुन्छन् । पार्टनरसँग घुमफिर भन्दा पनि खुलेर कुरा गर्ने अवसर मन पराउँछन् ।

एन्टीबायोटिक्स हो आपसी प्रेम
‘ब्रेन, बिहेभियर एन्ड इम्युनिटी’ नामक हेल्थ जर्नलमा छापिएको रिपोर्टका अनुसार पार्टनरसँग भावनात्मक र शारीरिक निकटता कयौँ रोगको रामवाण हो ।

पार्टनरसँगको प्रेमपूर्ण सम्बन्धले शरीरमा ह्यापी हर्मोनलाई बढाउँछ अनि तनाव बढाउने कर्टिशोल हर्मोनलाई भगाउँछ । यसबाट रोगसँग लड्ने शरीरको क्षमता बढ्छ । मुटुसम्बन्धी समस्याले पनि सताउँदैन ।

जब मान्छे खुसी रहन थाल्छ उसको मानसिक स्वास्थ्य बलियो हुँदै जान्छ । दिनमा १० सेकेन्ड मात्रै पार्टनरले अँगालो मार्दा इम्युनिटी बढ्छ भनेर एउटा अनुसन्धानमा दाबी गरिएको थियो ।

दम्पत्तिबिच सकारात्मक सम्बन्धले घाउ छिटै निको बनाउन मद्दत गर्दछ । ओहियो स्टेट युनिभर्सिटी मेडिकल सेन्टरको अनुसन्धानका अनुसार जो दम्पत्ति एकअर्कासँग खुसी रहन्छन् र प्रेमिल कुराकानी गर्छन् उनीहरुको शरीरमा लागेको घाउ अरुको दाँजोमा छिटै भरिन्छ ।

पार्टनरको हात समातेर सुत्दा शरीरमा गर्मी पैदा हुन्छ । यसले गर्दा रक्त सञ्चार राम्रो हुन्छ । मान्छेको थकान र तनाव दुवै टाढा त भाग्छन् नै उमेर पनि बढ्छ ।

 

प्रकाशित मिति: Jan 16, 2024

प्रतिक्रिया दिनुहोस्