Logo
२ जेष्ठ २०८१, बुधबार
(May 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भोक मेटाउन माटो खाएका एक बालक र एक बालिकाले गुमाए ज्यान

आन्द्र प्रदेश :  आन्द्र प्रदेशको अनन्तपुर जिल्लामा भोकमरी र कुपोषणका कारण एक बालक र एक बालिकाको मृत्यु भएको छ । दैनिक ज्याला मजदुरी गर्दै आएका एक दम्पतीले छोडेर बेसाहारा भएका ३ वर्षीय सन्तोष र उनकी २ वर्षीया बहिनी वेन्नेलाको मृत्यु भएको हो ।

रिपोर्टको अनुसार सानीआमा नागमणिसँग कादीरी मन्डल भन्ने ठाउँको कुमारवन्दलपल्ले गाउँमा बस्दै आएकी बालिका वेन्नेलाको आइतबार मृत्यु भएको थियो । मृतक बालबालिकाका आमाबाबु करिब १० वर्ष पहिले कर्नाटक चिकबल्लापुर जिल्लाबाट मजदुरी गर्नको लागि कादिरी आएका थिए । तर उनीहरु आफ्ना सन्तानलाई छोडेर कहाँ गए कसैलाई थाहा छैन ।

लगभग ६ महिना पहिले मात्रै ३ वर्षका छोरा सन्तोष भोकमरीको कारण मृत्यु भएको थियो । पुलिसका अनुसार उनीहरुका दुईवटै बच्चाले भोक सहन नसकेर माटो खाएका थिए । यस घटनाको जानकारी छिमेकीले गामीण एसआई वेन्कटस्वामीको दिएका थिए ।

कादिरीका ग्रामीणका इन्सपेक्टरका अनुसार उक्त परिवारको बस्नको लागि घर छैन । उनीहरु पालमा बस्दै आएका छन् । ६ महिना पहिले मृत्यु भएका सन्तोषको शव झुपडी नजिकै गाडिएको थियो ।

प्रकाशित मिति: May 6, 2019

प्रतिक्रिया दिनुहोस्