Logo
२ जेष्ठ २०८१, बुधबार
(April 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेल्फीको चक्करमा प्रशंसकले तान्दा भाँच्चियो नवाजुद्दीनको हात

बलिउडका सानदार अभिनेतामा गनिने नवाजुद्दीन सिद्दकीको प्रशंसकका कारण हात भाँच्चिएको खबर सार्वजनिक भएको छ ।

एक कार्यक्रमका लागि हालै कानपुर पुगेका उनलाई प्रशंसकले जोडदार तरिकाले स्वागत गरे जसले उनलाई समस्यामा पारेका छ । नवाजुद्दीन सिद्दकीको एउटा भिडियो सोसल मिडियामा चर्चा भइरहेको छ ।

भिडियो कानपुर शहरको कुनै कार्यक्रमको बताइएको छ । रिपोर्टका अनुसार नवाजुद्दीन कानपुरमा आयोजित कार्यक्रम समाप्त भएपछि बाहिर निस्कने बित्तिकै प्रशंसकले उनलाई घेरे ।

त्यतिबेला एक प्रशंसकले सेल्फी लिने चक्करमा नवाजुद्दीनको गला समातेर उनलाई आफूतर्फ तान्ने कोसिस गर्न थाले । नायकलाई प्रशंसकले तानेपछि त्यहाँका सुरक्षाकर्मी सतर्क भए । यद्यपि, यो तानातानमा नवाजुद्दीनको हात भाँच्चियो ।

प्रकाशित मिति: Apr 10, 2019

प्रतिक्रिया दिनुहोस्