Logo
२ जेष्ठ २०८१, बुधबार
(April 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतको लोकसभा चुनावमा नेपालका मानिसहरुले निभाउँछन् महत्वपूर्ण भूमिका

एजेन्सी : भारतको लोकसभा चुनावमा नेपाल-भारत सिमाना क्षेत्र नजिकका निर्वाचन क्षेत्रहरुमा नेपालका मानिसहरुले महत्वपूर्ण भूमिका निभाउँछन् । नेपालका धेरै मानिसहरु महाराजगञ्ज, सिद्धार्थनगर र गोरखपुरमा बस्छन् ।

भारतका नागरिक बनिसकेका उनीहरुको नेपालमा पनि व्यवसाय हुने गर्छ । उनीहरुका परिवार नेपालमा पनि बस्छन् । निर्वाचन नजिकिँदैं गर्दा यस्ता मानिसहरुलाई आफ्नो तर्फ पार्नको लागि उमेद्वारहरु नेपालको चक्कर लगाइरहेको भारतीय दैनिक ‘जागरण’ले जनाएको छ । नेपाल-भारत सिमाना वारपार बस्ने मानिसहरुबीच ‘रोटी र बेटी (अन्न र विवाह)को सम्बन्ध’ हुन्छ भन्ने भनाईं पुरानो हो । तर पछिल्लो समय दुई देशका नागरिकहरुलाई चुनावले पनि जोड्ने गरेको छ ।

भारतमा हुने लोकसभा चुनाव, विधानसभा निर्वाचनदेखि स्थानीय ‘पञ्चायतको छनौट’ मा पनि दोहोरो नागरिकता लिनेहरुले महत्वपूर्ण भूमिका निभाउँछन् । यो समूहले छिमेकी देशमा बसेर भारतमा हुने निर्वाचनलाई प्रभावित गर्छन् । हालको लोकससभा चुनावको लागि आफ्नो पक्षमा भोट लिनको लागि केही उमेद्वारहरुले आफ्ना नातेदारहरुमार्फत नेपालमा रहेका आफ्ना मतदाताहरुसँग सम्पर्क गर्न सुरु गरिसकेका छन् । चुनावसम्म उमेद्वारहरु पनि कुनै न कुनै हिसाबमा तिनको सम्पर्कमा पुग्छन् ।

जाागरणका अनुसार नेपाल-भारत सीमानामा यस्ता भारतीयहरु पनि बस्छन् जो चुनावको समयमा भारत आएर मत हाल्छन् र चुनाव पछि पुनः नेपाल फर्किन्छन् । सिद्धार्थनगर जिल्लाका हजारौं मतदाता यस्ता रहेको जागरणले जनाएको छ । धेरै नेपालीहरुसँग भारतीय नागरिकता प्रमाणपत्र रहेको र उनीहरु चुनावको दिन छुट्याउन कठिन हुने पत्रिकाले लेखेको छ ।

मतदानभन्दा एक दिन अघि मात्र निर्वाचन क्षेत्रमा पुग्ने यी मतदाताहरुसँग दोहोरो नागरिकता हुने गरेको र उनीहरुले त्यसको प्रयोगबाट दुवै देशको फाइदा उठाउने गर्छन् । नेपालमा बसिरहेका केहीले भारतको आधार कार्ड पनि बनाइरहेको सो पत्रिकाको दावी छ । उम्मेद्वारहरु कुनै न कुनै तरिकाबाट नेपालमा बसिरहेका यी मतदाताहरुलाई आफ्नो पक्षमा पार्ने प्रयास गर्छन् । मतदानभन्दा एक दिन पहिले यीनलाई मतदान केन्द्रसम्म ल्याउने लाने व्यवस्था पनि गरिएको हुन्छ ।

प्रकाशित मिति: Apr 4, 2019

प्रतिक्रिया दिनुहोस्