Logo
३ जेष्ठ २०८१, बिहीबार
(April 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलिउडका यी ७ सेलिब्रेटी जसलाई नेपालीले गर्नुसम्म गरेका थिए गाली

काठमाडौँ :  नेपालको छिमेकी राष्ट्र भार र नेपालको कुटनितिक सम्बन्धदेखि लिएर भौगोलिक तथा सास्कृतिक हिसाबले समय समयमा केही कुराहरु खटपट भइरहन्छन् । यस्तै विवादमा मुछिने कुरा गर्दा बलिउड पनि अछुतो रहन सकेन । नेपाल र नेपालीहरुको बारेमा विवादस्पद बयान दिएकै कारण बलिउडका चर्चित सेलिब्रेटीहरु विवादमा मुछिएका थिए ।

१. माधुरी दिक्षित : 

बलिउडमा धकधक गर्लको नाम बाट चिनिएकी अभिनेत्री माधुरी दिक्षितले पनि नेपाल र नेपालीको पक्षमा निकै विवादस्पद अभिव्यक्ति दिएकी छन् । सन् १९८० मा नेपाल र भारतको अस्तित्वमा रहेका नेपालको चौतर्फी आलोचना भएको थियो । उनले पछि आफ्नो बयानलाई सच्याउँदै नोपलीहरुसँग माफी मागेकी थिइन् ।

२. धमेन्द्र :

बलिउडका पुराना स्टार धमेन्द्रको लोकप्रियता पाउनुमा नेपाल पनि थियो । तर उनले सन् १९७० मा नेपालको बारेमा विवादास्पद बयान दिएको कारण नेपालमा उनको फिल्म समेत रोक लगाइएको थियो ।

३. ऋतिक रोसन : 

बलिउडका चर्चित अभिनेता ऋतिकले आफ्नो करियरको सुवातमा नै नेपालीहरुबाट घृणाको सिकार भएका थिए । उनले आफ्नो डेब्यु फिल्म रिलिज हुनु अगाडी नै नेपालीलाई घृणा गर्छु भनेर बयान दिएपछि उनको बयानले नेपालीहरु आक्रोसित भएका थिए । त्यतिबेला नेपालमा उनको फिल्म रिलिज गर्न समेत रोक लगाइएको थियो । त्यसपछि उनले नेपालीलाई घृणा गर्ने कुनै कारण नभएको भन्दै स्पष्टिकरण दिएका थिए ।

४. शक्ति कपुर :

बलिउडका चर्चित भिलेन शक्ति कपूर पनि नेपालको लागि एक विवादित लिस्टमा रहेका व्यक्ति हुन् । उनले नेपालमा भोजपुरी फिल्मको सुटिङ गर्ने क्रममा नायिका रेखा थापालाई अभद्र व्यवहार गरेको भन्ने खबर आएपछि नेपालीहरुले उनलाई भन्नु नभन्नु गाली गरेका थिए । चौतर्फी रुपमा उनको बिरोध भएको थियो ।

५. कोमल नाहता :

बलिउडका फिल्मी पत्रकार एवं ट्रेडका एनालिस्ट कोमल नाहता नेपाल सम्बन्धी बयान दिएर विवादमा आएको आएका थिए । उनले सलमान खानको फिल्म ‘डन २’ को बारेमा कलेक्सनको बारेमा बोल्दा टिभी शोमा नेपाल भारतको पार्ट भनेका थिए । उक्त बयानको कारण निकै विवाद भएपछि उनले नेपालीसँग माफी माग्दै आफ्नो स्पष्टिकरण दिएका थिए ।

६. सलमान खान : 

बलिउडका स्टार सलमान खान नेपालमा भएको विनाशकारी भूकम्पको समयमा नेपालीहरु विरुद्ध विवादास्पद अभिव्यक्ति दिएको कारण नेपालीहरुबाट घृणित भएका थिए । उनले एक भिडियोमा पत्रकारले उनको संस्था बिईङ ह्युमन बाट नेपालको लागि के सहयोग जान्छ भनेर सोधिएको प्रश्नमा भारतमा मात्रै सहयोग गर्ने र अन्य राष्ट्रमा सहयोग नगर्ने बयान दिएका थिए । उनको यस्तो बयानपछि नेपालीहरुले निकै आलोचना गरेका थिए । त्यपछि उनले आर्थिक सहयोग गर्ने हल्ला फैलियो तर उनले आफ्नो अफिसियल फेसबुक मार्फत नेपाल र नेपालीहरुको बीच आफ्नो इज्जत रहेको तर आर्थिक सहयोग नगर्ने घोषणा नगरेको बताएका थिए ।

७. जुही चावला : 

बलिउडकी चर्चित अभिनेत्री जुही चावालाले नेपाल भ्रमणमा आउँदा आफ्नो फेसबुक मार्फत काठमाडौमा धुलो मैलो फोहोर भएकाले माक्स लगाएर हिड्नु पर्ने भएको भन्ने कुरा लेखेपछि उनलाई नेपालीहरुले निकै आलोचना गरेका थिए । विश्वभर ख्याती कमाएकी जुहीले नेपालमा भने नराम्रो छाप पारेको भन्दै आलोचना गरिएको थियो ।

प्रकाशित मिति: Apr 3, 2019

प्रतिक्रिया दिनुहोस्