Logo
९ श्रावण २०८१, बुधबार
(April 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अर्को महिना ‘बेबीसावर’ गर्ने तयारीमा अनुष्का र विराट

विराट कोहली र अनुष्का शर्माले सन् २०१७ मा डिसेम्बर ११ मा एक गोप्य विवाह गरेका थिए । दुबैले इटालीमा विवाह गरेका थिए । अंग्रेजी वेबसाइट डिएनएका अनुसार अनुष्का शर्मा गर्भवती छिन् र लामो समयदेखि यो कुरा लुकाइरहेकी छिन् ।

अनुष्का र विराट धेरैजसो सँगै देखिन्छन् किनभने उनीहरु लामो समयसम्म एक अर्काबाट टाढा बस्न चाहँदैनन् । आश्चर्य मान्नुपर्दैन, अनुष्काले अहिले कुनै पनि फिल्मको घोषणा गरेकी छैनन् । यसैबीच विराट कोहली बैंगलोरको टिमसँग आइपीएलमा खेलिरहेका छन् ।

अनुष्काले हालै एक म्यागजिन फोटोसुटको तस्बिर पोष्ट गरेकी छिन् तर त्यो पनि पुरानो बताइएको छ । विराट कोहली र अनुष्का शर्माको विवाह भएको लगभग दुई वर्ष भइसकेका छ । अनुष्काले आफू बच्चा भइसकेपछि पनि फिल्मलाई निरन्तरता दिने स्पष्ट पारिसकेकी छिन् ।

एक भारतीय मिडियाको दाबी अनुसार यो जोडी अर्को महिना ‘बेबीसावर’को तयारीमा छन् ।

प्रकाशित मिति: Apr 2, 2019

प्रतिक्रिया दिनुहोस्