Logo
२ जेष्ठ २०८१, बुधबार
(April 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनय छोडेर के गर्न चाहन्छिन् त ऐश्वर्या ?

मुम्बई :  बलिउड अभिनेत्री ऐश्वर्या राय पछिल्लो पटक फिल्म ‘फन्ने खाँ’ मा काम गरेकी थिइन् । उनले एक स्टार गायिकाको भूमिकामा आफ्नौ अभिनयको कौशलता प्रस्तुत गरेकी थिइन् ।

उनको उक्त फिल्मले राम्रो कमाई पनि गरेको थियो । तर उनले छिट्टै अभिनय छोडेर अर्कै काममा अगाडि बढ्ने बताएकी छिन् । उनलाई फिल्ममा अभिनय नगरी निर्देशन गर्न सुझाव दिइएको बताउँदै उनले अब फिल्म निर्देशन गर्ने बताएकी छिन् ।

ऐश्वर्याले भनिन्, ‘म एक दिन फिल्म निर्देशन गर्न चाहान्छु तर यसको लागि कहिल्यै पनि मेहेनत गरेकी छैन । अब, गम्भीर भएर सोचेर अगाडि बढ्छु ।’

उनका साथीभाई तथा सहकर्मीले अब फिल्म निर्देशन गर्न सुझाव दिएकाले उनीहरुको प्रतिक्रियाले उत्साहित बनाएको बताएकी छिन् ।

प्रकाशित मिति: Apr 1, 2019

प्रतिक्रिया दिनुहोस्