Logo
२ जेष्ठ २०८१, बुधबार
(April 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सारा अली खानले शाहरुखलाई ‘अंकल’ भन्दा यसरी रिसाए शारुखका प्रशंसक

सारा अली खान पनि सोसल मिडिया प्रयोगकर्ताको निशानामा परेकी छिन् । हालै आयोजित फिल्मफेयर अवार्डको क्रममा उनले शाहरुख खानलाई ‘अंकल’ भनिन् जसका कारण शाहरुखका प्रशंसक रिसाएका छन् । उनीहरुले सारालाई सोसल मिडियामा ट्रोलसमेत गरेका छन् ।

के भनेकी थिइन् साराले ?

साराले अवार्ड नाइटको रेड कार्पेटमा अन्तरवार्ता दिँदै भनेकी थिइन्, ‘मलाई याद छ मेरा बुवा (सेफ अली खान) शाहरुख अंकलसँग फिल्मफेयर होस्ट गर्ने गर्दथे । मलाई यो देख्दा निकै मज्जा आउँथ्यो ।’ उनको यो बयानपछि शाहरुखका प्रशंसकले यति सुन्दर शाहरुखलाई साराले कसरी अंकल भन्न सक्छिन् भनेर रिस पोख्दै ट्रोल गर्न सुरु गरे । यद्यपि केही ट्वीटर प्रयोगकर्ताले साराको पक्ष पनि लिए र साराले शाहरुखको सम्मानस्वरुप ‘अंकल’ भएको बताए ।

सारा-शाहरुखमाथि यसरी भिडे ट्वीटर प्रयोगकर्ता :

एक ट्वीटर प्रयोगकर्ताले लेखेका छन्, ‘सारा अली खानले शाहरुखलाई फिल्मफेयरमा अंकल भनेपछि मानिसहरुले उनलाई ट्रोल गरिरहेका छन् । ५० वर्ष माथिका एक पुरुष जो वास्तवमा उनका बुवाभन्दा जेठो छन्, उनलाई एक २३ वर्षकी युवतीले के भनेर बोलाउने ? मूर्ख प्रशंसकले उनका हिरो अंकल भन्न लायक भइसकेको कुरालाई स्विकार्नु पर्छ । ’

https://twitter.com/akdwaaz/status/1110942452825751552

 

प्रकाशित मिति: Apr 1, 2019

प्रतिक्रिया दिनुहोस्