Logo
२४ बैशाख २०८१, सोमबार
(January 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफ्नो शर्त पुरा भए मात्र खानले छोरा जुनैदलाई बलिउडमा प्रवेश गर्न दिईने

बलिउडमा ‘नेपोटिजम’ (भाइभतिजावाद) को विषयमा निकै बहस निम्तिएको छ । यसवर्ष थुप्रै स्टार किड्स बलिउडमा डेब्यू गर्दैछन् । यस्तोमा आमिर खानले आफू छोरा जुनैदलाई फिल्ममा लञ्च गर्नका लागि कुनै राम्रो स्टोरी हेरिरहेको बताएका छन् ।

यसका लागि आमिरले जुनैदको अघिल्तिर एउटा शर्त राखिदिएका छन् । छोरा जुनैद आफ्नो क्षमताको दममा फिल्मी उद्योगमा प्रवेश गरोस् भन्ने आमिरको चाहना छ । उनी भन्छन्, ‘यदि छोरा बलिउडमा प्रवेश गर्न चाहन्छन् भने उनले स्क्रिन टेस्ट गराउने मेरो शर्त मान्नुपर्छ ।’

आमिर खानले आफ्ना छोरा २६ वर्ष पुगिसकेको बताएका छन् । उनी छोराबारे भन्छन्, ‘मेरो र जुनेदको रुची र सोच निकै मिल्छ । तर यति हुँदा हुँदै पनि कुनै पनि प्रोजेक्टका लागि साइन गर्नुअघि उनले आफूलाई प्रमाणित गर्नुपर्ने हुन्छ ।’

आमिरले एक सामूहिक अन्तरवार्तामा भने, ‘हामी जुनेदका लागि फिल्म हेरिरहेका छौं । मैले उसको काम देखेको छु र उनको काममा खुसी पनि छु । जब हामीले कुनै राम्रो स्टोरी पाउँछौं।।। म स्क्रिन टेस्टमा पनि विश्वास गर्छु र यो उनले पास गर्नुपर्छ । यदि उनले टेस्टमा राम्रो गर्छन् भने उनी फिल्ममा हुनेछन् र यदि उनले टेस्टमा आफूलाई प्रमाणित गर्न सकेनन् र फेल भए भने उनलाई फिल्ममा लिइने छैन ।’

आमिर खानका अनुसार जुनैदले अभिनयको तालिम लिएका छन् र उनले विभिन्न नाटकका पनि भाग लिएका छन् । आमिर खानले भने, ‘एक नायकको रुपमा उनलाई दुई वर्षको तालिम दिइएको छ । साथै उनले एक वर्ष लस एन्जेलिसमा अमेरिकन एकेडेमी अफ ड्रामेटिक आर्टस् थिएटरमा काम गरेका छन् । र अब थिएटरमा उनको ३ वर्षको अनुभव छ ।’

आमिर खान उनका छोरा पर्दामा कुनै ‘हिरो’ नबनी दमदार भूमिका निभाओस् भन्ने चाहना राख्छन् । आमिर खानले भने, ‘म उसलाई यस्तो मुख्य भूमिकामा देख्न चाहन्छ् जसले पात्रलाई न्याय दिन सकोस्, किनभने म सधैं यो कुरामा विश्वास गर्दै आएको छु । तपाईंले सधैं पात्र निभाउनुपर्छ, हिरो बन्ने प्रयास गर्ने होइन । यी दुईमा निकै फरक हुन्छ ।’

आमिर थप्छन्, ‘जब मेरो कुनै फिल्म रिलिज हुन्छ तब मलाई निकै खुसी लाग्छ । खानले यी कुरा आफ्नो फिल्म ‘रुबरु रोशनी’ को प्रोमोशनको क्रममा भनेका हुन् ।

प्रकाशित मिति: Jan 28, 2019

प्रतिक्रिया दिनुहोस्