Logo
३ जेष्ठ २०८१, बिहीबार
(January 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिग बास लिगमा सन्दीपकाे टिमले आज चाैथाे खेल खेल्ने 

१७ पुस  :  नेपालका लेग स्पिनर सन्दीप लामिछानेले बिग बास लिगमा शानदार प्रदर्शन गरिरहेका छन् । उनकाे टिम मेलबर्न स्टार्सले आज चाैँथाे खेल खेल्दै छ । नेपाली समयअनुसार दुई बजे मेलबर्न क्रिकेट मैदानमा खेल सुरु हुनेछ ।

आज सन्दीपकाे टिम मेलबर्न स्टार्सले मेलबर्न रिनेगाडेससँग प्रतिस्पर्धा गर्न लागेको हो । मेलबर्न स्टार्स लिगको छैटौं स्थानमा छ । उसले खेलेका तीन खेलमध्ये दुई खेलमा हार र एक खेलमा जित हात पारेको छ ।

बिग बास लिगको तीन खेलमा सन्दीपले  कुल ७ विकेट लिइ सकेका छन् । आफ्नो डेब्यू खेलमा दुई विकेट लिएर आफ्नो प्रभाव छाडेका उनले दोस्रो खेलमा तीन विकेट तथा तेस्राे खेलमा दुई विकेट लिएका थिए ।

प्रकाशित मिति: Jan 1, 2019

प्रतिक्रिया दिनुहोस्