Logo
१८ बैशाख २०८१, मंगलबार
(December 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आईतबार शेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाडौँ : धितोपत्र बजारमा आज शेयरको मूल्य घटेको छ । अघिल्लो साता वृद्धि भएको बजार यस साता कारोवारको पहिलो दिनमै दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १० दशमलव ६२ बिन्दुले घटेर एक हजार २०४ दशमलव ५४ बिन्दुमा झरेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ६६ बिन्दुले घटेर २५६ बिन्दुमा झरेको छ । स्टकका अनुसार आज कूल १६८ कम्पनीका १२ लाख ३६ हजार ३४३ कित्ता शेयर रु ४५ करोड ४२ लाख ८४ हजार ३९३ मूल्यमा खरीद बिक्री भए ।

स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये तीन उपसमूहको शेयर कारोवारमा वृद्धि भएको छ भने ८ उपसमूहको शेयर घटेको छ । होटल २० दशमलव ७९, निर्जीवन बीमा २९ दशमलव ८१ र उत्पादन २ दशमलव ३२ बिन्दुले बढेको छ ।

यस्तै बैंकिङ ६ दशमलव ४८, व्यापार २ दशमलव ९६, विकास बैंक ६ दशमलव शून्य दुई, जलविद्युत् ३ दशमलव ३६, वित्त २ दशमलव १५, अन्य ३३ दशमलव ४४, लघुवित्त ४ दशमलव ६२ र जीवन बीमा ५२ दशमलव ३३ बिन्दुले घटेका छन् ।

घटेको बजारमा मल्टिपर्पोज फाइनान्स कम्पनी, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था, नागरिक लगानी कोष, खानीखोला जलविद्युत् कम्पनीका शेयरधनीले कमाएका छन् ।

प्रकाशित मिति: Dec 30, 2018

प्रतिक्रिया दिनुहोस्