Logo
३ जेष्ठ २०८१, बिहीबार
(December 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाललाई सहयोग गर्न जापान सदैव तयार : मासामिची साइगो

काठमाडौँ : जापानी सम्राट अकिहितोको ८५औँ शुभ जन्मोत्सका अवसरमा नेपालका लागि जापानी राजदूत मासामिची साइगोले आज स्वागत समारोहको आयोजना गरेको छ ।

सो समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली उपस्थित रहेको थियो । त्यसैगरी समारोहमा पूर्वप्रधानमन्त्री, मन्त्रीहरु, सांसद, नेपाल सरकारका विशिष्ट अधिकारी, नेपालमा रहेका जापानी नागरिक तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वको सहभागिता रहेको थियो ।

समारोहलाई सम्बोधन गर्दै जापानी राजदूत मासामिची साइगोले जापान नेपालको एक हितैषी मित्रराष्ट्र रहेको प्रसङ्ग उल्लेख गर्दै विगत लामो समयदेखि नेपालको सामाजिक, आर्थिकलगायतका विविध क्षेत्रमा जापानले सहयोग गर्दै आएको बताए ।

उनले एक मित्रराष्ट्रका रुपमा जापानले समृद्ध नेपाल हेर्न चाहेको भन्दै यसका लागि आगामी दिनमा पनि जापानले नेपालको सहयोगलाई निरन्तरता दिने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: Dec 7, 2018

प्रतिक्रिया दिनुहोस्