Logo
२७ बैशाख २०८१, बिहीबार
(December 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इसाई धर्म केन्द्रित भनिएका कार्यक्रममा भाग लिन आएका देवेगौडाद्वारा पशुपतिमा विशेष पूजा

काठमाडौँ : इसाई धर्म केन्द्रित संस्थाको आयोजनामा काठमाण्डौमा भइरहेको भनिएका कार्यक्रममा भाग लिन आएका भारतका पूर्व प्रधानमन्त्री तथा जनता दल सेक्युलरका नेता एचडी देवेगौडाले पशुपतिनाथ मन्दिरमा पूजा गरेका छन् ।

काठमाडौँमा जारी एसिया प्यासिफिक सम्मेलनमा सहभागी हुन आएका भारतीय पूर्व प्रधानमन्त्री देवेगौडाले शनिबार बिहान पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेका हुन् ।

उनी गएको भदौ तेस्रो हप्ता पशुपतिमा विशेष पूजाका लागि परिवारसहित नेपाल आएका थिए । अहिले सम्मेलनमा आएका बेला पनि देवेगौडा पशुपतिमा पूजाका लागि गएका हुन् ।

प्रकाशित मिति: Dec 1, 2018

प्रतिक्रिया दिनुहोस्